नेकपा एस दोलखा भीमेश्वर नगर–१ को पुरै कमिटी नेकपा एमालेमा फर्किए
दोलखा । नेकपा एकीकृत समाजवादी दोलखाका सचिवालय सदस्यसहित भीमेश्वर नगर–१ को पुरै कमिटी नेकपा एमालेमा फर्किएका छन् ।
चुनावी अभियानअन्तर्गत आज सुष्पा क्षमावतीमा आयोजित मतदाता भेटघाट कार्यक्रममा तीन जना जिल्ला सदस्यसहित नेकपा एसको कमिटी माईन्युट हस्तान्तरण गर्दै एमालेमै फर्किएको हो ।
कार्यक्रममा नेकपा एसका जिल्ला कमिटीका सचिवालय सदस्य केशर थामी, केशवप्रसाद शिबाकोटी, भवानीप्रसाद थपलिया, वडा कमिटीकी सिर्जना कार्कीसहित कमिटीका पदाधिकारी र सदस्यहरू रहेको ३० सदस्यीय कमिटी एमालेमा समाहित भएको छ ।
प्रदेशसभा सदस्य (ख) का एमाले उम्मेदवार भरतबहादुर केसी, बागमती प्रदेश कमिटी सदस्य डबल पाण्डे, बागमती प्रदेश कमिटीका सल्लाहकार कृष्ण बस्नेत, नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव टेक घताने लगायतले प्रवेशीहरुलाई स्वागत गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार केसीले पार्टीमा समाहित हुने सबैलाई उचित मूल्याङ्कन गरेर जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रियता एकता सुदृढ गर्दै समृद्धिको एजेण्डा पूरा गर्ने एमालेको अभियानमा सरिक हुन सबैलाई आग्रह गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एस दोलखा भीमेश्वर नगर–१ को पुरै कमिटी नेकपा एमालेमा फर्किए
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्