बहुविधाका सर्जक डा. बच्चुकैलाश कैनीका पाँच कृति लोकार्पण
काठमाडौं । बहुविधाका सर्जक डा. बच्चुकैलाश कैनीका पाँच कृतिहरु एकैसाथ लोकार्पण गरिएको छ । कैनीकृत निबन्ध संग्रह अदृष्य मनका शादृष्यहरु, कविता संग्रह सीमाहिन सीमाहरु, कथा संग्रह भिसागर्ल, कविता संग्रह रङको पहिचान र गजल संग्रह प्रतिबिम्ब शनिवार प्रज्ञा भवनमा आयोजित लोकार्पण कार्यक्रम माझ प्रा. डा. अभि सुवेदी, सर्जक डा. बच्चुकैलाश कैनी, पुर्व मन्त्री अमरराज कैनी, नेपाल क्यान्सर अस्पतालका अध्यक्ष वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठ, समालोचक प्रतिक ढकाल, प्रा. खेमनारायण पौडेल, शिवप्रकाश, साहित्यकार रमेश पौडेल एवम् कार्यक्रमकी सभापति साहित्यकर प्रभा कैनीले संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो ।
सो अवसरमा प्रमुख अतिथीको आसनबाट बोल्नु हुँदै प्रा. डा. अभि सुवेदीले एकै साथ ५ वटा कृतिहरु प्रकाशनमा ल्याउन सक्नु कृतिकारको गहन उपलब्धी रहेको बताउनुहुँदै उक्त कृतिहरुमा जीवनको विशाल क्यान्भासलाई छोटकरीमा लेख्ने शिल्प कलालाई कृतिकारले उजागर गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा कृतिकार कैनीले आफनो मुख्य रुचिको विधा कविता भएको बताउनु हुँदै विगतमा ४० को दशकताका आफना सिर्जनाहरु प्रकाशन गर्ने अभिलाषासहित गोरखापत्रको कार्यालय धाउने गरेको स्मरण ताजै रहेको बताउनु भयो ।
साथै उहाँले कार्य व्यस्तताबाट हुने मानसिक थकानलाई मेटाउन आफु निरन्तर साहित्य साधनामा तल्लिन रहदै आएको उपज उक्त कृतिहरु पाठक माझ पस्कन सफल भएको बताउनुभयो । कार्यक्रम माझ विशिष्ट अतिथिको आसनबाट बोल्ने क्रममा पूर्व मन्त्री अमरराज कैनीले डा. बच्चु कैलाश कैनी अभाव एवम् विभिन्न प्रतिकुलतासँग जुध्दै मेधावी क्षमता, संघर्ष र अथक मेहनत तथा परिश्रमबाट माथि उठेको व्यक्ति भएको बताउनु हुँदै अस्पताल व्यवस्थापनसँगै कृतिकारले साहित्यको क्षेत्रमा पनि आफनो अब्बल क्षमता प्रस्तुत गर्दै आफुलाई बहु प्रतिभाशालीका रुपमा प्रमाणित गर्न सफल समेत रहेको उल्लेख गर्नुभयो । सो अवसरमा चिकित्सकद्व्य वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. भगवान कोईराला र वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा. डा. सुदिप श्रेष्ठले डा. कैनीले क्रमश: विगतमा ह्रदय रोग अस्पताल र हाल नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेण्टरमा कार्यरत रहदै गर्दा अस्पताल व्यवस्थापनको क्षेत्रमा प्रस्तुत गर्दै आउनु भएको क्षमताको तारिफ गर्नुहुँदै साहित्य सिर्जनाको क्षेत्रमा पनि उस्तै प्रशंसनिय कार्यहरु गर्न सफल रहेको आशय व्यक्त गर्नुभयो ।
त्यसैगरि, समालोचक एवम् साहित्यकारत्रय प्रतिक ढकाल, प्रा. खेमनारायण पौडेल र शिवप्रकाशले कैनीका कृतिहरुको बारेमा समिक्षा गर्नुहुँदै उक्त कृतिहरु पढदा सर्जकका मनका कुरा, जीवनवादी मुल्य, सकारात्मक सोच, राजनीतिक सन्दर्भ, समसामयिकताको आत्मसात गर्न सकिने बताउनुहुँदै पेशाभन्दा फरकधारको अक्षरको दुनियाँमा समर्पित भएर लाग्न सक्नु नै उहाँको जित भएको महशुस गर्न सकिने आशयको धारणा राख्नुभयो । त्यसैगरि, कृतिको प्रकाशक संस्था आवरण प्रकाशनका प्रमुख तथा साहित्यकार रमेश पौडेलले डा. कैनी आफनो बालसखा समेत रहेको स्मरण गर्नुहुँदै कृतिकारको लेखन कला एवम् इच्छा शक्तीको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा सभापतिको आसनबाट बोल्नुहुँदै साहित्यकार प्रभा कैनीले बच्चुकैलाश लगनशिलता, मेहनत र परिश्रमका पर्याय रहेको बताउनुहुँदै त्यसैको बलमा प्रगतिको शिखर चुम्न सफल बहुआयामिक व्यक्ती रहेको उल्लेख गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #बहुविधाका सर्जक डा. बच्चुकैलाश कैनीका पाँच कृति लोकार्पण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्