बहालवाला मन्त्रीकै प्रचारमा भारतीय गाडीको लस्कर
रुपन्देही । कपिलवस्तुमा बहालवाला मन्त्रीकै प्रचारमा भारतीय गाडीको लस्कर लागेको छ ।
लुम्बिनी प्रदेशका भौतिक योजना मन्त्री तथा कपिलवस्तु क्षेत्र नं १ को २ का उम्मेदार सहश्रराम यादवको प्रचारमा आचारसंहिता विपरीत भारतीय गाडीको प्रयोग हुँदै आएको छन् ।
नेपाली काँग्रेसका उमेद्वार सहसराम यादवको प्रचारमा उनका कार्यकर्ताले भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेका छन् तर निर्वाचन आयोगमा कसैले उजुरी समेत गरेको छैन ।
निर्वाचन आयोगका अनुसार भारतीय सवारी साधन प्रयोग गर्नु आचारसंहिता विपरीत हो । शनिबार कपिलवस्तुको पकडीमा आयोजित कार्यक्रममा मन्त्री यादवसँगै ती भारतीय गाडी प्रयोग भएको स्थानीयले जानकारी दिएका छन् ।
शनिबार त्यहाँ प्रचार कार्यालय उद्घाटनको कार्यक्रम थियो । यसअघि जसपाबाट निर्वाचित भएर मन्त्री बनेका यादव मनोनयन गर्ने दिन नेपाली कांग्रेस प्रवेश गरेर उम्मेदारी दर्ता गरेका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भारतीय गाडी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्