Techie IT
शनिबार, वैशाख १९,२०८३

तनहुँ २ बाट प्रतिनिधिसभामा दुई पूर्वमन्त्रीसहित दश जना चुनावी प्रतिस्पर्धामा


तनहुँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभामा दुई पूर्वमन्त्रीसहित दश जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रदेश १ का लागि आठ र प्रदेश २ का लागि छ जना चुनावी मैदानमा हुनुहुन्छ । प्रतिनिधिसभाका दश उम्मेदवारमध्ये महिला उम्मेदवार एक जना मात्र हुनुहुन्छ । सत्तारुढ वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट पूर्ववनमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी चुनावी मैदानमा हुनुहुन्छ । नेकपा ९एमाले० का तर्फबाट पूर्ववनमन्त्री एवं नेकपा ९एमाले० का स्थायी कमिटी सदस्य किरण गुरुङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

ठूला पार्टीका अलवा यो क्षेत्रमा राप्रपाका नरेन्द्रप्रताप महत, नेपाल मजदुर किसान पार्टीका रामहरि गोरा, हाम्रो नेपाली पार्टीका विष्णु पराजुली, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रविना थापा मगर, राष्ट्रिय जनमुक्ति पार्टीका लालबहादुर सार्की गोतामे, नेपाली कांग्रेस (बिपी) का पुष्पराज पराजुली, जनसमाजवादी पार्टी नेपालका खड्कबहादुर विक र राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशी प्रतिस्पर्धामा छन् । प्रदेश १ तर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र० का राजेन्द्रकेशरी न्यौपाने, नेकपा (एमाले) का श्यामराजा महत, मौलिक जरोकिलो पार्टीका टोलराज वाग्ले, मङ्गोल नेशनल अर्गनाइजेशनका सुमन थापा मगर, नेकपा ९एकीकृत समाजवादी० का दुर्गाकुमार श्रेष्ठ, राप्रपाका रेशमराज अधिकारी, राष्ट्रिय जनमुक्ति पार्टीका नेत्रबहादुर थापा, जनसमाजवादी पार्टी नेपालका रामबहादुर विश्वकर्मा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । प्रदेश २ तर्फ बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका जितप्रकाश आले मगर, नेकपा ९एमाले० का केदार सिग्देल, मङ्गोल नेशनल अर्गनाइजेशनका नमबहादुर राना, नेकपा ९एकीकृत समाजवादी० का प्रतापलाल श्रेष्ठ, राप्रपाका श्यामकुमारी राई, राष्ट्रिय जनमुक्ति पार्टीका धनबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

चुनावी प्रतिस्पर्धामा रहेका दुई पूर्वमन्त्री नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा वनमन्त्री बन्नुभएको थियो । गुरुङ विसं २०६४मा पहिलो संविधानसभाको निर्वाचनपछि नेकपा ९एमाले०को समर्थनमा प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा वनमन्त्री हुनुहुन्थ्यो भने भण्डारी दाहाल दोस्रोपटक प्रधानमन्त्री बन्दा विसं २०७३ सालमा वनमन्त्री हुनुभएको थियो । गुरुङ क्षेत्र नम्बर २ अन्तर्गतकै साविक भानुमति गाविस हाल भिमाद नगरपालिका–९ नम्बर ९ का स्थायी बासिन्दा हुनुहुन्छ । भण्डारी क्षेत्र नम्बर १ को साविक पुर्कोट गाविस हाल भानु नगरपालिका–९ का स्थायी बासिन्दा हुनुहुन्छ । भण्डारी विसं २०७० मा तनहँु क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित हुनुभएको थियो भने विसं २०७४ को निर्वाचनमा क्षेत्र नम्बर २ बाट एमालेका केदार सिग्देलसँग पराजित हुनुभएको थियो । प्रतिनिधिसभा सदस्य उम्मेदवार गुरुङ विसं २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ प्रदेश २ बाट प्रदेशसभामा निर्वाचित हुनुभएको थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा गुरुङ अर्थमन्त्री नियुक्त हुनुभएको थियो ।

आफूले विभिन्न समयमा प्राप्त गरेको संसदीय जिम्मेवारीको क्रममा तनहँु क्षेत्र नम्बर २ मा विकासको कामलाई तीव्रता दिएको गुरुङ बताउनुहुन्छ । “समृद्ध तनहुँ निर्माणका लागि थप योगदान गर्ने लक्ष्यसहित प्रतिनिधिसभामा उम्मेदवारी दिएको छु”, गुरुङले भन्नुभयो, “मैले गरेको कामको आधारमा म विजयी हुन्छु भन्नेमा निश्चित छु ।” प्रतिनिधिसभा सदस्य उम्मेदवार भण्डारीले विगतदेखि कम्युनिष्टले जित्दै आएको यस ठाउँमा विकासले सोचे जति गति लिन नसकेको हुँदा यसपटक आफूहरूले चुनाव जित्ने बताउनुभयो । “तनहुँ क्षेत्र नम्बर २ विकासमा पछाडि प¥यो, यसपटकको निर्वाचनमा हामीहरु चुनाव जितेर विकासका योजनालाई अगाडि बढाउँछौँ”, भण्डारीले भन्नुभयो । एक लाख २५ हजार मतदाता तनहुँ क्षेत्र नम्बर २ मा कूल एक लाख २५ हजार पाँच मतदाता छन् । त्यसमध्ये तनहुँ क्षेत्र नम्बर २ प्रदेश १ मा ६७ हजार ३२ र प्रदेश २ मा ५७ हजार नौ सय ७३ मतदाता छन् । यो क्षेत्रमा कूल ४३ वडा पर्छन् । त्यसमध्ये प्रदेश १ मा २१ र प्रदेश २ मा २२ वडा छन् । प्रतिनिधिसभामा एक सय ५३ मतदान केन्द्र छन् । प्रदेश १ मा ८० र प्रदेश २ मा ७३ मतदात केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #तनहुँ २ बाट प्रतिनिधिसभामा दुई पूर्वमन्त्रीसहित दश जना चुनावी प्रतिस्पर्धामा


तपाईको कमेन्ट लेख्नुहोस्