संयुक्त राष्ट्रसङ्घ दिवसका अवसरमा विशेष कार्यक्रम
काठमाडौँ ।नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको स्थापना दिवसका अवसरमा ‘अन्तर्राष्ट्रिय शान्ति र स्थिरताका लागि ऐक्यबद्धता’ विषयवस्तुमा आधारित आज विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
सेनाले त्यस क्रममा सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेल मैदानमा अन्य सुरक्षा फौजकोसमेत सहभागितामा मार्च–पास्ट, झाँकी, जुम्बा र व्याण्ड प्रदर्शन प्रस्तुत गर्यो । त्यस अवसरमा काठमाडौँ उपत्यकाभित्रका सैनिक आवासीय महाविद्यालय/विद्यालय र राष्ट्रिय सेवा दलका शिक्षार्थीद्वारा नृत्यसमेत प्रस्तुत गरियो ।
प्रधानसेनापति प्रभुराम शर्माले विभिन्न खेलकुद प्रतियोगिताका विजयीलाई पुरस्कार प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यस अवसरमा पाँच किमी वाकाथन र तीन हजार दुई सय मिटर साइकल दौड प्रतियोगितासमेत सञ्चालन गरिएको थियो ।
कार्यक्रममा पूर्व प्रधानसेनापति, रक्षा सचिव नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य प्रमुख, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका पदाधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।
‘युएन डे’ का अवसरमा सेनाले आइतबार सैनिक मुख्यालयमा ‘संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्य तथा भावी सबल जिम्मेवारी’ विषयमा अन्तर्राष्ट्रिय कार्यशाला गर्दैछ ।
उक्त कार्यक्रमले विश्वशान्ति स्थापना कार्यमा सेनाको कटिबद्धता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा उजागर हुने सेनाले विश्वास लिएको छ । राष्ट्र सङ्घको स्थापना सन् १९४५ अक्टोबरमा भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #संयुक्त राष्ट्रसङ्घ दिवसका अवसरमा विशेष कार्यक्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्