जनताको सेवा र संघीयतालाई व्यवस्थित गर्न मेरो उम्मेद्वारी : सबिन तामाङ
काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नं ७ प्रदेश ख तर्फ प्रदेश सभा सदस्य उम्मेद्वार सबिन तामाङले आफु जनताको सेवाका निम्ति उम्मेदवारी दिएको बताएका छन् ।
कार्यक्रममा बोल्दै तामाङले आफू सामु जनताको ठूलो आशा र भरोसा रहेको र यहाँको जीवन्त समस्याहरु समाधान आफूले गर्ने बताएका छन् ।
‘जनतालाई धुवा र धुलोमुक्तिका निम्ति सडका निर्माणको कार्यलाई तिव्रता दिनु छ । यातायातको सुव्यवस्थित गर्न पहलकदमी लिनु छ । यहाँको ग्रामीण बस्तिको प्रदेश सरकार मार्फत् शिक्षा स्वास्थ्य र सडकको पूर्वाधारमा काम गर्नु छ ।यहाँको किसानहरुले भोगिरहेको समस्यालाई नीतिमार्फत हल गर्नु छ ।’ तामाङले भने ।
व्यवस्थित शहरी क्षेत्रका निम्ति स्थानीय सरकारसँग हातेमालो गर्दै धार्मिक पर्यटकीय क्षेत्रलाई उपत्यकाको प्रमुख गन्तव्य स्थल र आकर्षणको रुपमा व्वस्थित गर्नुपर्ने लगायत कामहरु आफुले गर्ने तामाङले बताए ।
उनले आफु निर्वाचित भएपछि सिंहदरबारको अधिकार वडा वडामा पुर्याउन पहलकदमी लिने समेत बताए र आफ्नो जोड विकेन्द्रीकरण मार्फत् मुलुकलाई समुन्नति र संघीयतालाई सुदृढ बनाउन योगदान गर्ने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #सबिन तामाङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्