खानेपानी मन्त्री चौधरीद्वारा सरकारी गाडीको दुरुपयोग, नम्बर प्लेट परिवर्तन गरी चुनावी प्रचारमा प्रयोग
बारा। आचारसंहिता उल्लंघन गर्दै खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले चुनाबी प्रचारप्रसारका निम्ति सरकारी गाडीको दुरुपयोग गरेको पाईएको छ ।
बारा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार नेपाली काग्रेसका सहमहामन्त्री एंव खानेपानी मन्त्री उमाकान्त चौधरीले बाराको क्षेत्र नम्बर १ मा चुनाबी प्रचारप्रसारका निम्ति सरकारीले मन्त्रीलाई दिएको गाडीको नम्बरनै परिर्वतन गरि प्रयोग गरिएको पाईएको हो ।
मन्त्री चौधरीले रातोनिलो भएको बा २ झ ५८६१ नम्बरको सरकारी गाडीको नम्बर प्लेटनै परिवर्तन गरी बा १२ च ७४३१ नम्बरको प्लेट राखेर प्रयोग गर्दै आएका हुन । बारा जिल्ला घर भएका मन्त्री चौधरी कोही हप्तादेखि बारामै छन ।
उनले चुनाबी प्रचारप्रसारका निम्ति समेत सरकारी गाडी प्रयोग गर्दै आएको एक स्थानिय राम एकबाल चौधरीले बताए । “मैले पहिले मन्त्री न्ज्युको यहीँ गाडीमा सरकारी नम्बर देखेको थिए विगत तीन चार दिनबाट निजी नम्बर देखे”, चोधरीले भने, ुप्रहरी नै मन्त्रीँग अघिपछि हुन्छ प्रशासन मौन छ, कसले कारबाही गर्ने खै
निर्वाचन २०७९ प्रयोजनका लागि जारी भएको आचारसंहितामा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाइने उल्लेख गरिएको छ ।
यसअगि स्थानीय तहको निर्वाचनमा समेत उनले आचारसंहिता उल्लंघन गर्दै चुनाबी प्रचारप्रसारका निम्ती सरकारी गाडीको दुरुपयोग गरेको पाईएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उमाकान्त चौधरी, #खानेपानी मन्त्री चौधरीद्वारा सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरी चुनावी प्रचारमा प्रयोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्