अनेरास्ववियु टोखा नगर कमिटीको सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न
काठमाडौं। अनेरास्ववियु नगर कमिटी टोखाले शुभ दिपावली, नेपाल संवत् ११४३, छठ पर्वको अवसरमा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। अनेरास्ववियु टोखा नगर कमिटीका अध्यक्ष प्रशान्त डंगोलको अध्यक्षतामा सम्मान तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमाले कामाडौं जिल्ला पार्टी अध्यक्ष तथा काठमाडौं क्षेत्र नं ५ ९२० प्रदेश सदस्यका उम्मेदवार समेत रहेका दिपक निरौलाले युवा विद्यार्थी भनेको स्वाभाविक रूपमा चेतनाका संवाहक भएकाको बताए। उनले युवाहरुले आफ्नो समाजलाई सहि दिशातर्फ डोर्याउन योगदान दिनुपर्ने समेत बताए। निरौलाले युवाहरुले नै समाजका अराष्ट्रिय तत्व, अस्वस्थ विचार र पात्रहरुलाई सहि मार्गमा ल्याउन भुमिका खेल्न सक्ने समेत दाबी गरे।
कार्यक्रममा अध्यक्ष प्रशान्त डंगोलले स्वागत मन्तव्य राख्दै पार्टीले दिएको नीति निर्देशन अनुसार काम गर्न हरबखत तयारी अवस्थामा अनेरास्ववियु लागिरहेको बताए। उनले ‘समृद्ध नेपाल सुखि नेपालि’ को सपना साकार पार्नका लागि नेकपा एमालेले चुनेर पठाएका उम्मेदवारहरुलाई विजय गराउनका लागि अनेरास्ववियुका सदस्यहरु चुनाव घोषणा लगतै आ–आफ्नो क्षेत्रमा तैनाथ भैसकेको दाबी समेत गरे।
डंगोलले भने, ‘क्षेत्र नं ५ मा प्रभावशाली नेता ईश्वर पोखरेल जतिको प्रभावशाली नेता पाउनु नेपालको पहिलो सांस्कृतिक संरक्षित क्षेत्र टोखाका जनताहरुको लागि खुसीको कुरा हो। आफ्नो क्षेत्र नं ५ लाई समृद्धिको बाटोमा हातेमालो गर्दै अगाडि बढाउन उहाँको जित सुनिश्चित छ।’
कार्यक्रमका अतिथि नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदिप डंगोलले आफ्ना सहकर्मीहरुलाई हावाको बेग चिनेर कार्य सम्पादन गर्न आह्वान गरे। उनले चुनाव लक्षित कार्यक्रमहरु अन्य जनवर्गीय संगठनहरुले पनि गर्न आवश्यक रहेको समेत बताए।
कार्यक्रममा राष्ट्रिय दैनिकका कार्टुनिष्ट सानुराज डंगोल, मातृभाषा अभियन्ता रिदेन महर्जन, अन्तरास्ट्रिय सेपाक्ताक्रो खेलाडी सुमित्रा डंगोल, ज्यूताईडो कराते खेलाडीहरु मनिष डंगोल, समुन्द्र महर्जन, रोसन श्रेष्ठ, नवीन श्रेष्ठ, दिपेश महर्जन, अजय श्रेष्ठ, सुशील श्रेष्ठ लगायतलाई सम्मान गरिएको छ। उनीहरुलाई कार्यक्रमका विशिष्ट अतिथि निरौलाले सम्मान–पत्र प्रदान गरेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #अनेरास्ववियु टोखा नगर कमिटीको सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न, #अनेरास्ववियु नगर कमिटी टोखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्