Techie IT
मंगलबार, जेठ ५,२०८३

सरकार बनेको तीन वर्षमै तुइन विस्थापित गर्‍यौँ : केपी ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार बनेको तीन वर्षमा देशलाई तुइनमुक्त बनाएका दाबी गरेका छन्। शुक्रवार राष्ट्रियसभामा आदिवासी जनजातिसँग चुनावलक्षित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले सरकारले हजारौँ किलोमिटर पक्की सडक बनाएको बताए।

उनले भने, ‘एमाले सरकार आएपछि जहाँ पनि सडक, जहाँ पनि झोलुङ्गे र पक्की पुल बनाएका छौँ। पहिले साह्रै गाह्रो थियो। मान्छे तुइनमा झुन्डिँदै तरेको देख्नुपर्थ्यो। अहिले हेर्नुस् त पक्की र झोलुङ्गे पुल छन्। हामीले तीन वर्षमा देशभरि नै तुइन विस्थापित गरेका छौँ। चार सय झोलुङ्गे पुल र हजारौँ किलोमिटर पक्की सडक बनाएका छौँ।’

देश यातायात र सामाजिक सञ्जालले जोडेको समेत बताए।


क्याटेगोरी : समाचार
ट्याग : #\, #breaking, #केपी शर्मा ओली, #नेकपा एमाले, #सरकार बनेको तीन वर्षमै तुइन विस्थापित गर्‍यौँ : केपी ओली


तपाईको कमेन्ट लेख्नुहोस्