उपेन्द्र यादवले बागी उम्मेदवारलाई गरे पार्टीबाट निष्काशित
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले बागी उम्मेदवारलाई कारबाही गरेको छ। आफ्नै उम्मेदवारविरुद्ध बागी बनेका उनीहरुलाई अनुशासन उल्लंघन गरेको भन्दै पार्टीबाट निष्काशित गरेको हो ।
पार्टी नीति, निर्णय विपरित स्वतन्त्र रुपमा उम्मेदवारी दिने त्यस्ता उम्मेदवारहरुले पार्टी अनुशासन उलंघन गरी उम्मेदवारी कायम राखी रहेकोले उनीहरुलाई पार्टीबाट निष्काशित गरिएको विज्ञप्तीमा भनिएको छ ।
मधेस प्रदेश र अन्य केही क्षेत्रमा जसपा र नेकपा एमालेबीच तालमेल गरिएको छ। तालमेल भएका स्थानमा र पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकिएको छ। यसरी पार्टी निर्देशन विपरित पार्टी सदस्यहरुले उम्मेदवारी कायम राखी रहेका र पार्टीलाई असर पार्ने तथा पार्टी हित विपरित कार्य गरिरहेको हुँदा त्यस्ता उम्मेदवारहरुको पक्षमा प्रचार(प्रसार नगर्न र नलाग्न पनि सम्पूर्ण पार्टी पंक्तिलाई निर्देश विज्ञप्तिमा भनिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #उपेन्द्र यादव, #उपेन्द्र यादवले बागी उम्मेदवारलाई गरे पार्टीबाट निष्काशित, #जनता समाजवादी पार्टी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्