प्रत्यारोपणका लागि मिर्गौला निकालेर वीरका डाक्टर भागेपछि…
काठमाडौं । वीर अस्पतालले मिर्गौला रोगीको उपचारका क्रममा चरम लापरबाही गरेका घटना सार्वजनिक भएको छ ।
धादिङको गल्छी गाउँपालिका–२ की ३५ वर्षीया चमेली गैरेको मिर्गौलामा समस्या देखिएपछि प्रत्यारोपणका लागि वीर अस्पतालमा पुगेका थिए । उनलाई उनकी ५८ वर्षीया सासूले मृगौला दिएकी थिइन् ।
गत मंगलबार मृगौला प्रत्यारोपण गर्ने मिति तय भएसँगै चिकित्सकहरुले सासूको मिर्गौला निकालेका थिए । तर जब मिर्गौला निकालियो एकाएक चिकित्सकहरु प्रत्यारोपण गर्न नसक्ने भन्दै निकालिएको मिर्गौला यतिकै छाडेर भागे ।
चिकित्सकहरुले मिर्गौला प्रत्यारोपण गर्न लागिएकी बुहारी चमेलीको नसामा समस्या रहेको भन्दै भागेको उनका आफन्तले बताएका छन् । जबकी प्रत्यारोपण गर्नुअघि सासू बुहारी दुवै जनाको अस्पतालले स्वास्थ्य परिक्षण गरेको थियो । परिक्षणका क्रममा दुवैको स्वास्थ्य अवस्था ठिक थियो । तर, अन्त्यमा मृगौला निकालिसकेपछि बुहारीमा प्रत्यारोपण गर्ने समयमा चिकित्सकहरु भागेका हुन् ।
चिकित्सक भागेपछि सासूबाट निकालिएको मिर्गौला पनि काम नलाग्ने भएको छ । अस्पतालको लापरबाहीपछि बिरामीका आफन्त आन्दोलित भएका छन् ।
अस्पतालले पनि घटनाको छानबिनका लागि समिति गठन गरेको छ । डा. प्रवीण श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको अस्पतालले जनाएको छ । समितिको प्रतिवेदन आएपछि थप निर्णय लिइने अस्पतालले जनाएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #वीर अस्पताल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्