माओवादी केन्द्रको ओरालो यात्रा निरन्तर तीव्र: एमाले नेता रिजाल
काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले नेकपा माओवादी केन्द्रको ओरालो यात्रा निरन्तर तीव्र गतिमा बढिरहेको बताउनु भएको छ । आज बिहान सामाजिक सञ्जालमा लेख्दै नेता रिजालले माओवादी केन्द्रको ओरालो यात्रा निरन्तर तीव्र गतिमा बढिरहेको र यसपटक थप तीव्रता पाउने बताउनु भएको हो ।
उहाँले भन्नुभएको छ, ‘एमालेभन्दा ठुलो कम्युनिस्ट पार्टी हुन्छौँ भनेर दाबी गर्ने माओवादी १६५ सिटमध्ये जम्मा ४२ स्थानमा चुनाव लडेको छ । यसबीचमा ठुलो संख्यामा नेता, कार्यकर्ता माओवादी पार्टीबाट बाहिरिएका छन् । माओवादी २०६४ यताका प्रत्येक निर्वाचनमा निरन्तर ओरालो लागिरहेको छ, हरेक पटक उल्लेख्य मात्रामा मत घटिरहेको छ । माओवादीको ओरालो यात्रा तीव्र गतिमा अघि बढिरहेको छ र यसपटक त्यसले थप तीव्रता पाउनेछ ।’
नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोसपासँग गठबन्धन गरेर निर्वाचनमा गएको थियो । यसअघि माओवादी केन्द्र २०७४ को निर्वाचनमा एमालेसँग वाम तालमेल गरेर चुनावमा गएको थियो । २०६४ सालको आम निर्वाचनमा सवैभन्दा ठुलो पार्टी भएको माओवादी त्यसपछिका निर्वाचनमा आफ्नो सिट संख्या घटाउँदै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले, #विष्णु रिजाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्