प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु भएका निसिमलाई मानार्थ स्वर्ण पदक
काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ प्रतिस्पर्धाका क्रममा मृत्यु भएका निसिम थापालाई मानार्थ स्वर्ण पदक दिइएको छ। आज खेलकुद मन्त्री महेश्वर जंग गहतराजले निसिमका काकालाई स्वर्ण पदक हस्तान्तरण गरेका हुन्। राष्ट्रिय खेलकुद परिषदले निसिमको सम्झनामा पोखरा रंगशालामा उनको शालिक बनाउने निर्णय पनि गरेको छ।
असोज ३० गते प्याराग्लाइडिङ गर्दा गर्दै खसेर घाइते भएका आर्मी क्लबका खेलाडी निसिमको मृत्यु भएको थियो। आइतवार बिहान साढे ११ बजे कास्की पोखरा महानगरपालिका १८ सराङकोटस्थित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा प्याराग्लाइडिङबाट खसेर घाइते भएका थिए।
ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ उडान भइरहेको समयमा अचानक खसेको थियो। घाइते थापाको उपचारको क्रममा पोखरास्थित मेट्रोसिटी अस्पतालमा मृत्यु भएको थियो। निसिमको मृत्यु पछि देशभर प्याराग्लाइडिङमा रोक लगाइएको छ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking, #नवौँ राष्ट्रिय खेलकुद, #प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु भएका निसिमलाई मानार्थ स्वर्ण पदक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्