माओवादी केन्द्रकी दोलखा जिल्ला इन्चार्ज देवी खड्काले दिइन् राजीनामा
काठमाडौं । नेकपा माओवादी केन्द्रकी दोलखा जिल्ला इन्चार्ज देवी खड्काले राजीनामा दिएकी छन् । स्वास्थ्यको कारण देखाउँदै खड्काले पार्टी हेडक्वार्टरसमक्ष राजीनामा दिएकी हुन् ।
माओवादी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खड्का दोलखाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको प्रमुख दाबेदार थिइन् । पार्टीले गंगा वहादुर कार्कीलाई उम्मेदवार बनाएपछि उनले अध्यक्ष प्रचण्डलाई भेटेर राजीनामा बुझाएकी हुन् ।
खड्का २०६४ सालको पहिलो संविधानसभामा माओवादीबाट निर्वाचित भएकी थिइन् । खड्का पार्टीबाट प्रत्यक्ष निर्वाचन लड्न सक्षम र योग्य महिला भए पनि उनीमाथि न्याय नभएको निकटस्थहरुको गुनासो छ ।
उनका पति राजकुमार श्रेष्ठ यसअघि नै राजनीतिबाट विरक्तिएर कृषिमा लागि सकेका छन् । श्रेष्ठ पनि २०६४ सालमा सिन्धुपाल्चोक १ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #देवी खड्का, #माओवादी केन्द्रकी दोलखा जिल्ला इन्चार्ज देवी खड्काले दिइन् राजीनामा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्