गोरखा बजारमा फुटपाथ अतिक्रमण गरी संचालन पसल हटाउन निर्देशन
गोरखा । गोरखा बजारका स्थानमा फुटपाथलाई अतिक्रमण गरी संचालन गरिएका पसललाई हटाउन निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाको नेतृत्वमा मंगलबार भएको बजार अनुगमनको क्रममा फुटपाथ अतिक्रमण गरी संचालन गरिएका व्यापार, व्यवसाय हटाउन निर्देशन दिएको हो ।
मंगलबार सदरमुकामको हरमटारी देखि हस्पिटल चोक सम्मका किराना, मिठाई, होटल एण्ड लज, फुलपूmल पसल, मसला पसल लगायतका गरी २२ वटा पसलको अनुगमन गरिएको थियो । सो क्रममा अधिकांश ठाउँमा मानिस हिड्ने बाटो मिचेर व्यापार, व्यवसाय संचालन गरेको भेटिएको थियो । उनीहरुलाई तत्काल फुटपाथ खाली गर्न निर्देशन दिएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत छवि श्रेष्ठले जानकारी दिए । पटक पटक हटाउन निर्देशन दिए पनि अटेरी गरेको बताउदै अर्को पटक निर्देशन पालना नभएको खण्डमा सबै सामग्री जफत गरिने उनले बताए ।
त्यस्तै, यस अघि पनि पटक पटक अनुगमन गरेर निर्देशन दिएता पनि अधिकांश होटल तथा रेष्टुरेण्टको भान्सा कोठा सफा नभएको भेटिएको उनीहरुलाई सरसफाईमा ध्यान दिन निर्देशन दिएको छ । अनुगमनको क्रममा किराना, कपडा, कस्मेटिक पसल होटल लगायत सबै पसलबाट विक्री वितरण हुने प्रत्येक सामान मूल्य सूची टाँस्न समेत निर्देशन दिएको छ ।
त्यस्तै, आफ्नो व्यापार व्यवसाय सम्बन्धित निकायमा गएर नविकरण, दर्ता गरेर मात्र संचालन गर्न आग्रह गरिएको श्रेष्ठले जानकारी दिए । सो अनुमगनमा केही ठाउँमा म्याद नाघेका सामानहरु पनि जफत गरिएको थियो ।
प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्रेष्ठको नेतृत्वमा भएको टोलीमा गोरखा नगरपालिका, जिल्ला प्रहरी कार्यालय, पत्रकार महासंघ लगयातका पदाधिकारीहरुको उपस्थिपति रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #गोरखा बजारमा फुटपाथ अतिक्रमण गरी संचालन पसल हटाउन निर्देशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्