रोल्पा परिर्वन गाउँपालिका नेकपा एसको सिंगो कमिटी एमालेमा प्रवेश
रोल्पा । रोल्पा परिर्वन गाउँपालिका रोल्पामा नेकपा एकीकृत समाजवादीका सिंगो कमिटी नेकपा एमालेमा समाहित भएको छ । चुनावी अभियानको क्रममा भएको कार्यक्रममा परिवर्तन गाउँपालिकाका सम्पुर्ण पदाधिकारीसहित सिंगो कमिटी नै एमालेमा समाहित भएको हो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी परिवर्तन गाउँ कमिटीका अध्यक्ष तिल बहादुर पुन, सचिव कर्ण बुढा (नेस्नल), गाउँ कमिटी सह–ईन्चार्ज पृथ्वी पुन, जिल्ला सदस्यहरु घन कुमारी घर्ती, सविना विक, गंगा प्रसाद रोका, अरुणा थापा लगातएतका १७ जना भन्दा बढी पदाधिकारीसहित सिंगो एकीकृत समाजवादी परिवर्तन गाउँ कमिटी नेकपा एमालेमा समाहित हुनुभयो ।
पुतलाचौरमा सम्पन्न भएको बैठकमा एमाले परिवर्तन गाउँ कमिटीका अध्यक्ष प्रदिप डाँगीको अध्यक्षता रहेको थियो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा प्रतिनिधिसभा तर्फका समानुपातिक उम्मेद्वार तथा एमाले केन्द्रीय कमिटी सदस्य कुमार दशौदि, विशिष्ट अतिथिमा प्रतिनिधिसभा प्रत्यक्ष तर्फका उम्मेद्वार तथा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य पुर्ण वुढा, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा “ख“ का प्रत्यक्ष उम्मेद्वार प्रेमबहादुर घर्ती सहभागी हुनुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #रोल्पा परिर्वन गाउँपालिका नेकपा एसको सिंगो कमिटी एमालेमा प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्