नेकपा एमाले स्याङ्जाले टिकटक प्रतियोगीता आयोजना गर्ने
स्याङजा । नेकपा एमालेको साइबर सर्कल वालिङ्, स्याङ्जाले २० हजार राशीको टिकटक प्रतियोगीता आयोजना गर्ने भएको छ । मंसिर प्रतिनिधिसभा तथा प्रदेशासभाको चुनावलाई लक्षित गर्दै सोमवार एक कार्यक्रममा एमाले सचिव पद्मा अर्यालले सो प्रतियोगिताको घोषणा गर्नुभएको हो ।
प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरुलाई छनौट गरी मस्ट पपुलर र क्रियटिभ दुई विधामा एक एक जनालाई पुरस्कार वितरण गरिनेछ । जसमा प्रथमले दश हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगीता असोज ३१ गतेबाट सुरु भएको टिकटक प्रतिस्पर्धा कार्तिक २० गतेसम्म चल्नेछ ।
प्रतिस्पर्धाको अन्तिम नतिजा मंसिर १ गते हुनेछ भने नेकपा एमाले सचिब पद्मा अर्यालले पुरस्कार वितरण गर्नुहुने छ । टिकटक भिडियो बनाउँदा विभिन्न शर्तहरु लागु हुने साइवर सर्कल स्याङ्गजाका प्रमुख राजु ख्याम काफ्लेले जानकारी दिनुभयो । टिकटक भिडियो २०७९ असोज ३१ देखि कार्तिक २० गतेसम्म अपलोड गरिसक्नुपर्ने छ ।
भिडियो एमालेले अघि सारेका योजना र विकास आधारित हुनुपर्ने छ । बढीमा २ मिनेटसम्मको भिडियोमा एमालेका उम्मेदवारबारे हुनुपर्नेछ । भिडियोमा राष्ट्र निर्माण र स्याङ्जा क्षेत्र नं २ को विकासका निम्ति नेकपा एमाले सरकारले सुरु गरेका कामहरु समेटिनुपर्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले, #नेकपा एमाले स्याङ्जाले टिकटक प्रतियोगीता आयोजना गर्ने, #पद्मा अर्याल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्