नुवाकोट क्षेत्र २ प्रदेश (क) मा विकासप्रेमी नेता रामप्रसाद ढुंगानाको उम्मेदवारी किन ?
काठमाडौं । माओवादी केन्द्रका प्रभावशाली नेता रामप्रसाद ढुंगानाले मुलुकको आर्थिक रुपान्तरणको लागि राजनीतिमा सक्रिय छन् । उनी राजनीति एवं विकास गतिविधिहरुमा पनि त्यत्तिकै सक्रिय रहँदै आएका पात्र हुन् ।
लामो समय देखि राजनीतिक सामाजिक क्षेत्रमा संलग्न रही काम गर्ने क्रममा स्थानीय जनताका समस्याहरुबाट पहिले नै परिचित रहँदै आएको र आफ्नो क्षेत्रको विकासको लागि आफ्नो जिम्मेवारी एवं दायित्वलाई ठूलो अवसरको रुपमा लिई सोहीबमोजिम क्रियाशिल हुने गरेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि ढुंगानाले नुवाकोट निर्बाचन क्षेत्र २ क को प्रदेशसभा सदस्य लागि उमेदवारी दिएका छन् । माओवादी केन्द्र० बागमती प्रदेशका निर्बाचित उपाध्यक्ष समेत रहेका रामप्रसाद ढुंगानाको जिल्लाको समग्र विकासमा राजनीतिमा लागेदेखि नै योगदान दिँदै आएका छन् ।
पाँच वर्षसम्म जिल्ला प्रतिनिधि रहँदा विकासका काम उल्लेख्य रुपमा सम्पन्न गरेका ढुंगानाले जिल्लामा विभिन्न ठाँउहरुमा १३ सय किलोमिटर बाटो खोल्ने काम उनीप्रतिनिधि रहेकै बेलामा भएको थियो । । २०४८ सालदेखी राप्रपा छोडेर जनमोर्चाको राजनितिमा पदार्पण गर्दै बामपंथी राजनितिमा कृयासिल ढुंगाना जनयुद्धको त्यो कालजयी समयमा माओवादी पार्टीमा निरन्तर लागिरहनु भो । नुवाकोटमा माओबादी बिस्तारमा राम प्रसाद ढुंगानाको भुमिका अतुलनीय छ । विकासप्रेमी नेताको रुपमा परिचित छन् । उनी यतिवेला आफ्नो क्षेत्रमा चुनावी प्रचारको तयारीमा व्यस्त छन् ।
सो क्षेत्रका जनताले पनि ढुंगानाको उम्मेदवारीलाई लिएर हर्ष व्यक्त गर्ने गरेका छन् । उनले जिल्लामा विकास निर्माणमा जोड दिने, भ्रष्टाचार हुन नदिने र सुशासन कायम गरिने एजेण्डा बोकेका छन् । ०४८ सालदेखी राप्रपा छोडेर जनमोर्चाको राजनितिमा पदार्पण गर्दै बामपंथी राजनितिमा कृयासिल ढुंगाना जनयुद्धको त्यो कालजयी समयमा माओवादी पार्टीमा निरन्तर लागिरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #रामप्रसाद ढुंगाना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्