Techie IT
बिहीबार, वैशाख १७,२०८३

नेकपा एस दोलखाका जिल्लास्तरीय नेताहरू एमालेमै फर्किए


दोलखा । नेकपा एमालेबाट चोइटिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस)का जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमै फर्किएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई जिताउन आह्वान गर्दै उनीहरू उनीहरू नेकपा एमालेमै फर्किएका हुन् ।

एमालेमै फर्किनेहरूमा नेकपा समाजवादीका जिल्ला कमिटी सचिवालय सदस्य केशव शिवाकोटी र समाजवादी जिल्ला शिक्षक संगठनका सचिव केशर थामी छन् ।

भीमेश्वर नगरपालिका–१ को लामानागीस्थित थामी बस्तीमा आज आयोजित कार्यक्रममा शिवाकोटी र थामी दुवैलाई नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवोकोटीले स्वागत गरेका हुन् ।

सो अवसरमा बोल्दै थामीले देश र जनताको एक मात्र पार्टी नेकपा एमाले भएको बताउँदै जिल्लाबासी सबैलाई एमालेका उम्मेदवारहरुलाई विजयी गराउन आह्वान गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एस दोलखाका जिल्लास्तरीय नेताहरू एमालेमै फर्किए


तपाईको कमेन्ट लेख्नुहोस्