‘लाईभ डिबेट’ गर्न देउवालाई केपी ओलीको चुनौती
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावकेन्द्रित बहसमा आउन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई चुनौती दिनुभएको छ । अध्यक्ष ओलीले सामजिक सञ्जाल फेसबुकमार्फत स्टाटस सार्वजनिक गर्दै प्रधानमन्त्री देउवालाई ‘लाइभ डिबेट’ मा आउन चुनौती दिनुभएको हो । ओलीले यसका लागि आफू तयार रहेको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत धेरैले एजेण्डा आधारित बहसका लागि सुझाव दिएको भन्दै ओलीले देउवालाई तयार हो, होइन भनेर प्रश्न गर्नुभएको छ ।
‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरूले ‘लाइभ डिबेट’ मा आउन आग्रह गर्नुभएको छ । धेरैजसोले मेरो र नेकाँका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?’
क्याटेगोरी : समाचार
ट्याग : #‘लाईभ डिबेट’ गर्न देउवालाई केपी ओलीको चुनौती, #breaking, #केपी शर्मा ओली, #नेकपा एमाले, #शेरबहादुर देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्