Techie IT
मंगलबार, साउन १,२०८१

नेकपा एमाले गोरखा क्षेत्र नं १ का उम्मेदवार रामशरण बस्नेत को हुन् ?


 

गोरखा ।  बि.स. २०१८ साल मंसिर १८ गते बुवा लिला बहादुर र आमा सिद्ध कुमारी बस्नेतको कोखबाट साविकको नारेश्वर ८ घलाङमा जन्मिएका रामशरण बस्नेत २०७४ को चुनावमा गोरखा क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट जननिर्वाचित सांसद  हुन् ।

२०३२ सालमा ७र८ कक्षा पढ्दादेखि नै विद्यार्थी राजनितीमा लागेका उनी पार्टी भित्र र बाहिर इमान्दार तथा प्रभावशाली नेताका रुपमा चिनिन्छन् । २०३२ सालदेखि राजनितीमा होमिएका बस्नेत २०४९ र २०५४ साल गरी दुई पटक नारेश्वरको गाविस अध्यक्षमा निर्वाचित भएका थिए ।

२०५२ मा एमाले पार्टीको गोरखा जिल्ला कमिटी सदस्य, उप–सचिव, सचिव हुदै २०६६ मा पहिलो पटक जिल्ला अध्यक्ष बनेका थिए । त्यस्तै बस्नेत २०६९ मा समेत जिल्ला अध्यक्षमा समेत सर्वसमत जिल्ला अध्यक्ष चयन भएका थिए । २०५५ सालमा जिल्ला विकास समितीको सभापतिका उम्मेदवार बनेका बस्नेत २०५६ र २०७० सालमा सभाषदका एमालेका तर्फबाट क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए ।

हाल एमालेको केन्द्रिय सदस्य एवं गोरखा र मनाङ जल्लाको ईन्चार्जको जीम्मेवारी पाएका बस्नेतले २०७४ को प्रदेशसभा चुनावमा नेपाली काँग्रेसका राजेन्द्र बजगाईलाई तीन हजार छ सय ५५ ले मतान्तरले पराजित गरेका थिए ।

२०७४ फागुन ४ गते बिस्तार भएको मन्त्रीमण्डलबाट गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएको उनले केही समयपछि भौतिक पुर्वाधार मन्त्रालय समाल्ने अबसर पाएका थिए ।  प्रदेश सरकारका प्रवक्त समेत रहेका उनले केही समय आन्तरिक मामिला तथा कानुन मन्त्रायको जिम्मेवारी पनि समालिसकेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #hot, #गोरखा क्षेत्र नं १, #नेकपा एमाले गोरखा क्षेत्र नं १ का उम्मेदवार रामशरण बस्नेत को हुन् ?, #रामशरण बस्नेत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
26°
Mostly Cloudy
5:18 am7:01 pm +0545