प्रधानाध्यापक तिवारीलाई निर्वाचन आयोगको स्पष्टीकरण
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिता उलङ्घन गरेको विषयमा निर्वाचन आयोगले पर्वतको बाल प्राथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीलाई स्पष्टीकण सोधेको छ ।
निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसार गरेको भन्दै जिल्ला निर्वाचन कार्यालयले २४ घण्टे स्पष्टीकरण मागेको हो ।
फलेवास नगरपालिका–४ मा रहेको विद्यालयका शिक्षक तिवारीले निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिता विपरीत ‘आफ्नो फेसबुक पेजमा राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसार सामग्री पोष्ट तथा शेयर गरेर भोट मागी चुनावी प्रचारप्रसार गरेको’ स्पष्टीकरणमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, #प्रधानाध्यापक तिवारीलाई आयोगको स्पष्टीकरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्