गोरखाको समग्र विकास र सहिदको सपना साकार पार्न लाग्छु : नेता धिताल
गोरखा । गोरखा क्षेत्र नम्बर १ ‘क’ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता कृष्ण धिताल ‘विजयी’ ले चुनावी अभियानमा लागेका छन्। पार्टीका जिल्ला इन्चार्ज समेत रहेका धिताल पार्टीले आयोजना गरेको कार्यक्रममा चुनावी योजना निर्माणमा लागेका हुन्।
धितालले क्षेत्र नम्बर १ ‘क’ को विकास र समृद्धिको लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन्। उनले प्रदेश मार्फत समग्र गोरखाको विकासका आफु लागि पर्ने समेत बताए।
पार्टी अभियानमा सक्रिय नेता धितालले आफु पार्टीको नीति तथा योजना भित्र बसेर गोरखाको समग्र विकासका साथै सहिदको सपना साकार पार्न लागिपर्ने बताए ।
जनयुद्धको समयमा उक्त क्षेत्रमा सक्रिय रहेका धिताल स्थानीय जनतामाझ निकै परिचित मानिन्छन्।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #कृष्ण धिताल ‘विजयी’, #गोरखाको समग्र विकास र सहिदको सपना साकार पार्न लाग्छु : नेता धिताल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्