चुमनुब्री र आरुघाट गाउँपालिकाको वडारवडामै राष्ट्रिय परिचय पत्र बनाउन टोली खटिए
गोरखा । गोरखाको चुमनुब्री र आरुघाट गाउँपालिकामा वडारवडामै राष्ट्रिय परिचय पत्र बनाउन टोली खटिएको छ। चुमनुब्री गाउँपालिकामा आइतबारदेखि परिचय पत्र बनाउने काम सुरु भइसकेको प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठले बताए।
जिल्ला प्रशासन कार्यालय गोरखाले १० दिनका लागि टोली पठाएको हो। ‘दुर्गम ठाउँ भएको र जाडो बढ्दै जाँदा हिमपात हुने भएकाले अहिले चुमनुब्रीमा अहिले नै पठाइएको हो’ गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले भने। चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिबासमा दुई वटा स्टेशन र आरुघाटमा गाउँपालिकाको वडारवडामा स्टेशन रहनेछ।
यसअघि धार्चे र चुमुनुब्री पठाउने तयारी गरेपनि धार्चेका विभिन्न ठाउँमा पहिरो गएका कारण आउ(जाउमा समस्या हुने भएकाले धार्चेमा केही समयपछि टोली खटाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
चुमनुब्री गाउँपालिकाका मानिसलाई जिल्ला प्रशासन कार्यालय गोरखामा पनि परिचय पत्र बनाउन मिल्ने व्यवस्था गरिएको छ। ‘त्यहाँका अधिकांश मानिस बाहिर बस्नुहुन्छ, सबैलाई परिचय पत्र बनाउन गाउँमै जानु भन्दा दुःख हुने भएपछि हामीले यहाँबाट पनि सेवा दिएका छौँ’ प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले भने।
चुमनुब्री गाउँपालिकाका स्थानीयले जिल्ला प्रशासनमा राष्ट्रिय परिचय पत्र बनाउन आउँदा पालो कुर्नु पर्दैन। गाउँपालिकाको केन्द्र र जिल्ला प्रशासन दुबै ठाउँबाट सेवा दिइएकाले वडारवडामा नलगिएको प्रशासनले जनाएको छ।
त्यहाँ जनसंख्या पनि कम छ। चुमनुब्री गाउँपालिकाबासीलाई जिल्ला प्रशासन र गाउँपालिकाको केन्द्र सिर्दिबास जहाँ सहज हुन्छ त्यहाँ बनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए। आरुघाट गाउँपालिकाबासीलाई वडारवडामा पुगेर परिचय पत्र बनाउन प्रशासनले आग्रह गरेको छ।
गोरखा नगरपालिका, पालुङटार, सिरानचोक, अजिरकोट, भिमसेन थापामा सकिसकेको सहायक प्रजिअ बरालले बताए। धार्चे गण्डकी, शहीद लखन, र बारपाक सुलिकोट गाउँपालिकामा राष्ट्रिय परिचय पत्र बनाउने टोली पठाउन बाँकी छ। जिल्ला प्रशासन कार्यालयले गाउँपालिकासँगको समन्वयमा पालिकामा टोली परिचालन गर्दै आएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #चुमनुब्री र आरुघाट गाउँपालिकाको वडारवडामै राष्ट्रिय परिचय पत्र बनाउन टोली खटिए, #राष्ट्रिय परिचय पत्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्