देश विकासका लागि विकासप्रेमी एमालेका उम्मेदवारलाई जिताउनुहोस् : पृथ्वीसुब्बा गुरुङ
लमजुङ । नेकपा (एमाले) का उपमहासचिव एवम् लमजुङ प्रतिनिधिसभाका उम्मेदावर पृथ्वीसुब्बा गुरुङले गठबन्धनको सरकारबाट विकासले गति लिन नसकेको र पुनः एमालेको सरकार आवश्यक रहेको बताएका छन् ।
मुलुकको विकासका लागि विकासप्रेमी एमालेका उम्मेदवारहरुलाई विजयी गराउन आम मतदातालाई उनले आग्रह पनि गरेका छन् । नेकपा एमाले दोर्दी गाउँपालिका कमिटीद्वार आज दोर्दी नौथर शेरामा आयोजित पालिकास्तरीय वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपमहासचिव गुरुङले यस्तो आग्रह गरेका हुन् ।
पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा भारतले मिचेको भुभागको चुच्चे नक्शा बनाउने, घरघरमै धारा, विजुली पुर्याउने, ठूला–ठूला राजमार्ग निर्माण, स्वास्थ्य बीमा अभियान, सबै बालबालिकालाइ खोप पुर्याउने, पूर्ण साक्षरता बनाउने अभियान लगायतको विकासका कामहरु गरेको उनको भनाई छ ।
देश बचाउन, स्वाधिनता जोगाउने, देशको देशलाई स्वतन्त्र बनाउन, प्रतिष्ठा बढाउने र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्नका लागि एमालेको जित आश्वयक रहेको उपमहासचिव गुरुङले बताएका छन् ।
पार्टी अध्यक्ष ओलीलाई पार्टीले आगामी निर्वाचनबाट प्रधानमन्त्रीको दावेदारमा अघि बढाएको बताउँदै उनले केन्द्रमा ओलीको नेतृत्वको र र प्रदेशमा एमाले नेतृत्वको सरकार भएमा मात्रै देश समृद्ध बन्ने गुरुङको भनाइ छ । ‘हामीलाई जिताउनुहोस् हामी पहिलो वर्षमै चार हजारबाट बढाएर पाँच हजार रुपैयाँ वृद्ध भत्ता बनाउँछौँ,’ उनले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पृथ्वीसुब्बा गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्