मुख्यमंत्री को रेशमा रहेका सुरेन्द्र पाण्डे गोरखा २ ख बाट चुनाव लड्दै ।
गोरखा । नेपाली कांग्रेस का केन्द्रिय सद्स्य सुरेन्द्र राज पाण्डे गोरखा क्षेत्र नं २ प्रदेश ख बाट चुनाव लड़ने भएका छन् । लोकतांत्रिक आन्दोलनका एक बलिया हस्ती पाण्डे राजनितिक संघर्षका क्रममा २०४५ साल, शाही शासन २०६१ साल मा गरी झान्डै आठ महिना भन्दा बढी समय जेल जिवन बिताएका र पटक पटक लोकतान्त्रीक आन्दोलनमा हिरासत समेत परेका थिए, २०३६ सालमा ने वि संघको सदस्यता लिएर विद्यार्थी आन्दोलनमा होमिएका पाण्डे २०३९ सालमा नेबिसघ अस्कल इकाइ सचिब हुँदै २०४५साल मा त्रिचन्द्र क्याम्पस का स्व. वि.यु सभापती निर्वाचित भएका थिए।
२०४९ मा ने.वि.संघको केन्द्रीय सदस्य समेत भएका पाण्डे २०५९ मा नेपाल तरुण दलको महासचिव पनि भएको थिए ,हाल तेस्रो पटक नेपाली कांग्रेस का केन्द्रिय सद्स्य बनेका पाण्डे २०७४साल मा रास्ट्रीय सभामा सांसद रही रास्ट्रीय सभा मा नेपाली कांग्रेसको तर्फ बाट प्रमुख प्रतिपक्ष दलको नेता समेत रहेका थिए ।रास्ट्रीय सभा मा रहदा प्रतिपक्षको भूमिका बलियो र प्रभावकारीमा प्रस्तुत गरेका थिए ।
त्रिभुवन बिश्व बिधालबाट स्नातक गरेका पाण्डे सालिन ,इमान्दार कम बोल्ने र नतिजामा बिश्वास गर्ने नेताको रुप परिचित छन् । साथै संम्रिद्व प्रदेश सुखी नागरिकको दिर्घकालिन एजेन्डाका साथ आफ्नो उमेदवारी दिएका पाण्डे निर्वाचन पछीको प्रदेश सरकार,गण्डकी प्रदेश मुख्यमन्त्रीको प्रवल दाबेदार समेत हुन ।
गोरखा जिल्ला क्षेत्र नं २ ख प्रदेश मा कॉंग्रेस माओवादी गठबंधन को तर्फबाट पाण्डे उमेदवार भएका हुन् । सो क्षेत्र को संघ मा भने माओवादी अध्यक्ष प्रचण्ड गठबंधन को उमेदवार भएका छन् कांग्रेस र माओवादी को दुबैको साझा उमेदवार रहेको कॉंग्रेस ,माओवादी दुबै उमेदवारले सहजै चुनाव जित्ने देखिन्छ
क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस, #मुख्यमंत्री को रेशमा रहेका सुरेन्द्र पाण्डे गोरखा २ ख बाट चुनाव लड्दै, #सुरेन्द्र राज पाण्डे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्