राजेन्द्र बजगाई पर्यटन क्षेत्र बुझेको उम्मेदवार हुनुहुन्छ :बाबुराम भट्टराई
गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले गोरखा १ ले गठबन्धनको तर्फबाट पर्यटन क्षेत्रबारेमा राम्रो ज्ञानभएका उम्मेदवार पाएको बताएका छन् ।
शनिवार गठबन्धनका दलहरुको आयोजनामा नेपाली कांग्रेसको पार्टी कार्यालय तीनधारेमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणकाक्रममा उनले भने ‘उत्तरी गोरखा र मनास्लुलाई पर्यटकीय दृष्टिकोणले बिकास गर्नुपर्छ, त्यहाँ अहिले गठबन्धनबाट राजेन्द्र बजगाईउम्मेदवार हुनुहुन्छ, उहाँ आफैँ पर्यटन क्षेत्रको पनि भएकाले नुबझ्नै कुरै भएन ।’ बजगाईको अनुभव र कामलेपनि उत्तरी गोरखाको पर्यटनलगायत सामग्र बिकास प्रभावकारी हुनेमा आशावादी हुन उनले अनुरोध गरे ।
गठबन्धन दलबिचको एकता नयाँ युगको सुरुवात भएको बताउँदै उनले त्यसकालागि चुनाव पहिलो खुड्किलो भएको बताए । ‘गठबन्धनबन्नु बैचारिक कारण पनि छ, बिकास र समृद्धीका लागि कांग्रेस र बामपन्थी बिचको सहकार्य नभई हुँदैन’ उनले भने ।
गठबन्धन दलले जितेन भने, प्रतिनिध सरकारमा पुगेर र सरकार चलेन भने बिकास र समृद्धी संभव नहुने उनले बताए । ‘जितेर सरकार नैचलाउनुपर्छ, वलीको जस्तो तीनवर्षमा गिराउने हैन, पाँच वर्ष चलाउनुपर्छ, नभए त सम्धीको गफ जस्तै हुन्छ’ गठबन्धनलाई जिताउनआग्रह गर्दै उनले भने ।
आफुले यसअघि निर्वाचनमा गोरखा २ बाट खसेको मतको ८३ प्रतिशत मत प्राप्त गरेको प्रशंग जोड्दै उनले माओवादी केन्द्रका अध्यक्षदाहाललाई भने ‘अहिले पनि कठित त छ तर असम्भव छैन, तपाईले ९० प्रतिशत मत ल्याउनुपर्छ, नयाँ इतिहास लेख्नुपर्छ र गठबन्धनपाँच वर्ष चल्नुपर्छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #डाक्टर बाबुराम भट्टराई, #राजेन्द्र बजगाईँ, #राजेन्द्र बजगाई पर्यटन क्षेत्र बुझेको उम्मेदवार हुनुहुन्छ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्