प्यूठानमा नेकपा एमालेको उम्मेदवार परिचय कार्यक्रम तीव्र
काठमाडौं । नेकपा एमाले जिल्ला कमिटी प्यूठानले निर्वाचन लक्षित चुनावी भेटघाट कार्यक्रम तथा उम्मेदवार परिचय कार्यक्रमलाई तीव्रता दिएको छ ।
जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभा अन्तर्गत छुट्टा छुट्टै कार्यक्रम तय गरी गाउँ केन्द्रित अभियानलाई तीव्रता दिएको जिल्ला कमिटी अध्यक्ष बिजय विराज विष्टले जानकारी दिए ।
प्रतिनिधि सभाअन्तर्गत सूर्य ध्वजाबाहक उम्मेदवार सूर्य थापाले झिमरुक गाउँपालिकाबाट सुरू भएको अभियान सबै वडामा कार्यक्रम सम्पन्न गरी नौबहिनी गाउँपालिकाको वडा नं. १, २, ३ र ४ मा चुनावी सभा तथा उम्मेदवार परिचय कार्यक्रम सम्पन्न भएको बताए ।
जिल्लाको सबैभन्दा दुर्गम गाउँ नौबहिनी गाउँपालिकाको वडा नं. १ स्याउलीवाङ र आज वडा नं. २ को लिघामा कार्यक्रम सम्पन्न भएको उनले बताए ।
त्यसैगरी प्रदेश सभा (ख) अन्तर्गत नौबहिनी गाउँपालिका र प्रदेश सभा (क) अन्तर्गत माण्डवी गाउँपालिका वडा तथा टोल स्तरीय उम्मेदवार परिचय कार्यक्रम सञ्चालन भइरहेका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले जिल्ला कमिटी प्यूठान, #प्यूठानमा नेकपा एमालेको उम्मेदवार परिचय कार्यक्रम तीव्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्