सत्ता गठबन्धनका सबै मन्त्रीहरु बर्खास्त गर्दे मुख्यमन्त्री लालबाबु राउत
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सत्ता गठबन्धनका सबै मन्त्रीहरु बर्खास्त गर्ने तयारी अगाडि बढाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेका राजेन्द्र श्रेष्ठ, मृगेन्द्रकुमार सिंह, मोहम्मद इश्तियाक राई र प्रदीप यादवलाई बर्खास्त गरेसँगै जसपाका नेता समेत रहेका मुख्यमन्त्री राउतले सत्ता गठबन्धनका मन्त्रीहरुलाई बर्खास्त गर्न लागेको स्रोतले जनाएको छ ।
जसपा नेतृत्व रहेको मधेस प्रदेशमा गठबन्धनबाट नेपाली काँग्रेसका तीन, नेकपा माओवादी केन्द्रका २ मन्त्री र एक राज्यमन्त्री, नेकपा एसका दुई मन्त्री र एक राज्यमन्त्री छन् ।
जसपा स्रोतका अनुसार गठबन्धनका मन्त्रीहरुले भोलिसम्म नैतिकताको आधारमा राजीनामा नदिए बर्खास्त गर्ने मुख्यमन्त्री राउतको तयारी रहेको छ ।
जसपाले नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि बिहीबार प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरु बर्खास्त गरेका थिए ।
सत्ता गठबन्धनलाई काउन्टर दिन जसपा नेतृत्वको मधेस प्रदेश सरकारका मुख्यमन्त्री राउतले गठबन्धनका मन्त्रीहरु बर्खास्त गर्न तयारी थालेको स्रोतको दाबी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सत्ता गठबन्धनका सबै मन्त्रीहरु बर्खास्त गर्दे मुख्यमन्त्री लालबाबु राउत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्