मेयर हर्क साम्पाङविरुद्ध किन सडकमै उत्रिए नगरबासी ?
सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) विरुद्द नगरबासी सडकमा उत्रिएका छन । धरान वडा नम्बर ४, १३ र १४ का सर्वसाधारणले आज मेयर राईविरुद्द शिवधारा चोकमा आन्दोलन गरेका हुन ।
मेयर राईले धरान– ४ को शिवजट्टाबाट खानेपानी ल्याउने तयारी गरेपछि प्रतिकारमा तीनवटा वडाका बासिन्दा उत्रिएका हुन । मेयर राइले जनश्रमदानबाट खानेपानी ल्याउन तयारी गरेपछि धरान ४, १३ र १४ का बासिन्दाले खानेपानी मुहान जाने बाटो शिवधारा पेट्रोल पम्पअगाडि अवरोध गरे ।
मेयर राइले तीन वडाका जनताले निजी लगानीमा पानी खाइरहेकामा यहाँका जनतालाई काकाकुल बनाउने उद्देश्यले मुहान मिचेर खानेपानी अन्यत्र लैजान लागेकाले आन्दोलनमा उत्रनु परेको आन्दोलनकारीको भनाई छ । धरान ४,१३ र १४ का बासिन्दाले खाँदै गरेको पानीको मुहान माथिबाट मेयर राइले खानेपानी अन्यत्र लान लागेपछि उनीविरुद्ध आन्दोलन गर्नु परेको उनीहरुको भनाई छ ।
मेयर राई दलबलसहित शिबजट्टाको पानी ल्याउन हिंडेपछि आन्दोलनकारीले शिवधारामा बाटो छेकेका थिए । दुईतर्फी झडप हुने देखिएपछि घटना स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । मेयर राईले उपमहानगरपालिकाबाट संस्थागत निर्णयबेगर आफूखुशी काम गर्दै हिंडेको भन्दै आन्दोलनकारीलाई धरान ४ का वडाअध्यक्ष धनबहादुर राई र १४ का कृष्ण भट्टराईलेसमेत साथ दिनुभएको छ ।
मेयर साम्पाङलाई सर्वसाधारणले घेराउ गरी चर्को विरोध गरेपछि वार्ताद्वारा यसको समस्या समाधान गरिने र धरान ४, १३ र १४ का बासिन्दालाई अन्याय नगरिने आश्वासन दिनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #धरान उपमहानगरपालिका, #मेयर हर्क साम्पाङविरुद्ध किन सडकमै उत्रिए नगरबासी ?\, #हर्कराज राई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्