कर्णालीका विपद् पीडितलाई तत्काल राहत उपलब्ध गर्न माग
कर्णाली । कर्णालीका विपद् पीडितलाई तत्काल राहत उपलब्ध गर्न माग गरिइएको छ । गृहमन्त्री बालकृष्ण खाणसंग कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको नेतृत्वको टोलीले बुधबार गृहमन्त्रालयमा भेट गरी सो माग गरेको हो ।
जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पालगायतका विभिन्न जिल्लामा भएको मानवीय क्षतिसहित बालीनाली, कृषियोग्य जमिन, पशुवस्तु क्षतिको स्थलगत अनुगमन गर्न टोलीले गृहमन्त्री खाणसंग अनुरोध समेत गरेको छ ।
त्यस्तै भौतिक पूर्वाधार सडक, पुल, सिँचाइ, तटबन्ध, विद्यालय भवन, जलविद्युत्, खानेपानी, टेलिफोन टावरमा ठूलो क्षति भई जनजीवन कष्टकर भएकोबारे ध्यानाकर्षण गराउँदै उक्त टोलीले ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री पम्फा भुसालसमक्ष मागपत्र समेत बुझाएको छ ।
पूर्वमन्त्री भण्डारीले कर्णाली प्रदेशको दीर्घकालीन विपद् व्यवथापनका लागि सम्पूर्ण कर्णालीवासीको निजी आवास बीमा कार्यक्रम तथा ‘तिला, हिमा तथा जवानदी नियन्त्रण परियोजना’ सञ्चालन गर्न तथा त्यसका लागि आवश्यक रकम विनियोजन गर्न माग गरिएको जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #कर्णालीका विपद् पीडितलाई तत्काल राहत उपलब्ध गर्न माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्