चुनावमा सत्ता र शक्तिको दुरुपयोग गरेमा त्यसको हिसाब किताब हुन्छ: बास्कोटा
काभ्रे । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं काभ्रे क्षेत्र-२ का एमाले उम्मेदवार गोकुलप्रसाद बास्कोटाले शान्तिपूर्ण चुनावमा सत्ता र शक्तिको दुरुपयोग गरेर धादली गरेमा त्यसको हिसाब-किताब हुने बताउनु भएको छ।
प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोक शाखाले बिहीबार आयोजना गरेको ‘नेकपा एमालेका उम्मेदवारहरूसँग सञ्चारकर्मी’ कार्यक्रममा नेता बास्कोटाले यस्तो बताउनु भएको हो ।
नेता बास्कोटाले शान्तिपूर्ण चुनावमा एमालेले सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी हतोत्साहित र उत्तेजित छैनौँ, शान्तिपूर्ण चुनावमा सहयोग गर्नेछौँ, तर सत्ता दुरुपयोगको गन्ध मात्रै आयो भने त्यसको हिसाबकिताब हुनेछ ।’
निर्वाचनलाई स्वतन्त्र, मर्यादित, व्यवस्थित र आचारसंहिताको परिधिभित्र रहेर सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचनमा भाग लिने सबै उम्मेदवारहरूले शान्तिपूर्ण ढङ्गले निर्वाचन गराउनमा लागि पर्नुहुनेछ भन्ने अपेक्षा छ ।’
उहाँले मतदाताले स्वतन्त्र ढङ्गले विवेक प्रयोग गरेर निर्वाचन गर्न पाउनुपर्ने बताउनुभयो । उहाँले प्रतिस्पर्धी पार्टीको विचार दृष्टिकोण कार्यक्रममाथि कुनै पनि प्रकारको अपमानजनक व्यवहार प्रदर्शन नगरिने प्रस्ट पार्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गोकुल बाँस्कोटा, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्