गोरखामा बुद्धिचाल प्रतियोगिता सुरु
गोरखा ।एकताबद्ध देश खेलकुदको सन्देश भन्ने मूल नारा सहित नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय तत्त्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजना र गण्डकी प्रदेशको सह आयोजनामा गोरखा नगरपालिकास्थित गोरखा क्याम्पसमा बुद्धिचाल प्रतियोगिता आजबाट सुरु भएको छ ।
क्लासिकल, राउण्ड र व्लिज गरी तीन वटा विधामा हुने प्रतियोगितामा ६६ जना सहभागीहरू रहेका छन् । प्रत्येक प्रदेशबाट तीन जना महिला र तीन जना पुरुष खेलाडी रहेका छन् । भूगोलका सात प्रदेश सहित आर्मी, एपिएफ, प्रहरी र एनआएनएको समूह गरी ११ टिम रहेको आयोजक सदस्य मनिशा खाम्बुले बताउनुभयो ।
गोल्ड मेडल, रजत र कांस्य गरी ६ वटाका दरले १८ वटा मेडलका लागि खेलमा प्रतिस्पर्धा हुनेछ । आज पहिलो राउण्डको ओपन क्लासिकल राउण्डको खेल सुरु भएको हो ।
गोरखा क्याम्पसमा भएको खेल कार्यक्रममा भाग लिन देशैभरीबाट खेलाडीहरू आइपुगेका छन् । राष्ट्रिय प्रतियोगिता कार्तिक २ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।
खेलाडीहरूलाई गोरखा क्याम्पसमा पुगेर गोरखा नगरपालिका प्रमुख कृष्णराना मगर, प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, सुरक्षा निकायका प्रमुख, राजनैतिक पार्टीका प्रतिनिधिहरूले स्वागत गरेका थिए ।
राष्ट्रिय प्रतियोगिता खेलका लागि पूर्ण रुपमा शान्ति सुरक्षा प्रदान गरिएको प्रहरी उपरीक्षक केदार खनालले बताउनुभयो ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #गोरखामा बुद्धिचाल प्रतियोगिता सुरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्