Techie IT
बिहीबार, कात्तिक २७,२०८३

काठमाडौं, झापा, धनुषा,कञ्चनपुरमा चार जना मृत अवस्थामा फेला


काठमाडौं । काठमाडौं, झापा, धनुषा,कञ्चनपुरमा चार जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका–२५ क्षेत्रपाटी न्हयोखामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

धनुषा, जनकपुर उपमहानगरपालिका–८ बजरंग चौकस्थित सिरहा मिर्चैया
नगरपालिका–१ मनहर्वा गाउँ बस्ने ४५ वर्षीय श्याम महतो मृत अवस्थामा फेला परेका छन् ।
झापा, अर्जुनधारा नगरपालिका–४ स्थित बिरिङ खोलाको किनारमा सोही
नगरपालिका–५ कञ्चनबारी बस्ने ५० वर्षीया गंगा भण्डारी मृत अवस्थामा फेला परेकी छिन् ।

कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका–४ कालिका टोल बस्ने ६५ वर्षीय लालु सार्की सोही नगरपालिका–४ लठ्ठाघाटस्थित माछापोखरीमा मृत अवस्थामा फेला परेका
छन् । सोही नगरपालिका थापा चौराहबाट सोमबारदेखि हराई रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त पोखरीमा उनको शव फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #चार जना मृत अवस्थामा फेला


तपाईको कमेन्ट लेख्नुहोस्