स्थानीय तहका कार्यपालिकाका पदाधिकारीले आचारसंहिता उल्लङ्घन गरे कारवाही
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरे कारवाही हुने जनाएको छ । आयोगले बुधबार एक विज्ञप्ती जारी गर्दै आगामी निर्वाचनमा कतिपय स्थानीय तहका कार्यपालिकाका सदस्यहरूले निर्वाचन आचारसंहिता विपरीत आफ्नो उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको जानकारीमा प्राप्त भएको भएपछि आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले निर्वाचन आचारसंहिता अनुसार स्थानीय तहमा निर्वाचित कार्यपालिका सदस्यले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारका पक्ष या विपक्षमा प्रचारप्रसार गर्न नमिल्ने जनाएको छ । साथै, आफू निर्वाचित भएका स्थानीय तह वाहेकको स्थानमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न चाहेमा सरकारी साधन स्रोत (सवारी साधन, सुरक्षाकर्मी) आदिको प्रयोग नगरी आचारसंहिता प्रतिकुल नहुने गरी संलग्न हुन सकिने आचारसंहितमा व्यवस्था रहेको विज्ञप्तीमा उल्लेख छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #निर्वाचन आयोग, #स्थानीय तहका कार्यपालिकाका पदाधिकारीले आचारसंहिता उल्लङ्घन गरे कारवाही
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्