एमालेसँग जसपाको तालमेल अन्तिम चरणमा , काठमाडौं ७ मा अडान
काठमाडौं । सत्ता गठबन्धनको विहानदेखि चलिरहेको बैठकमा जसपाका दोस्रो तहका नेता सहभागी हुँदा अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितको वार्तामा थिए । जसपाले सत्ता गठबन्धनमा मागेजति सीट नपाए एमालेसँग तालमेल गर्ने तयारी गरेको छ र लगभग सहमति नजिक छ ।
यद्यपी, जसपाले सत्ता गठबन्धनमा २० सीट पाए उसले गठबन्धनमै रहन चाहेको छ । त्यसो गर्दा कांग्रेसको भागमा ८० सीटमात्र पर्नेछ ।
गठबन्धन तोडेर एमालेसँग जान लागेको जसपाले मधेसमा आधासहित २४ देखि २५ सीट पाउने भएको छ । वार्तामा सहभागी एक नेताका अनुसार प्रदेश नम्बर १ बाट जसपाले बढीमा ३ सीट प्रतिनिधिसभामा पाउनेछ भने प्रदेशसभामा पनि सोही संख्या दाबी गरेको छ ।
मोरङ र सुनसरीमा जसपाले एक-एक सीट प्रतिनिधिसभामा पाउनेछ । जसपाले पहाडी जिल्लामा पनि एक सीट मागेको छ तर मत कम भएकाले प्रदेशमा मिलाउने तयारी छ ।
मधेस प्रदेश अन्तर्गत जसपाले सप्तरीमा २,सिरहामा २,धनुषामा १,महोत्तरीमा ३,सर्लाहीमा २,रौतहटमा २,बारामा २ र पर्सामा २ सीट पाउने सम्भावना छ ।
त्यस्तै काठमाडौं क्षेत्र नम्बर ७ मा राजेन्द्र श्रेष्ठका लागि जसपाले सीट मागेको छ । लुम्बिनीमा पश्चिम नवलपरासी,रुपन्देही,बाँके र कपिलवस्तुमा एकएक सीट जसपाले पाउने सम्भावना छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेसँग जसपा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्