Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

ललितपुर ३ बाट स्वतन्त्र उम्मेदवार डा. तोसिमा चर्चा बटुल्दै


असोज, काठमाडौं । स्वस्थ नेपाली सुखी नेपाली, डा. तोसिमालाई भोट यसपाली भन्ने नारासहित स्वतन्त्रबाट घण्टी चुनाव चिन्ह लिएर डा. तोसिमा कार्कीले उम्मेदवारी दिने बताउनुभएको छ । स्वास्थ्य क्षेत्रमा ११ वर्ष लामो अनुभव बटुलेकी कार्की पाटन अस्पतालका सर्जन डाक्टर समेत हुन् । तोसिमा कार्कीले स्वास्थ्य पेसासँगै सामाजिक क्षेत्रमा समेत काम गरेकी छिन ।

कार्कीले डाक्टरी पेसा छाडेर राजनीतिमा आउनु परेको वाध्यता भएको बताएकी छिन् । देशको स्थिती देखेर आफु राजनीतिमा आएको बताउनुभयो । पुराना दल र नेताहरुबाट देशको विकास सम्भव नभएकाले शिक्षित युवाहरु राजनीतिमा आउनुपर्छ । अब शिक्षित युवा वर्ग राजनीतिमा नआउने हो भने हाम्रो देश अझै धेरै पछाडी धकेलिन्छ ।

डा. तोसिमा कार्कीले एक महिना अगाडी स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी थिइन । राष्ट्रीय स्वतन्त्र पार्टीको प्रारम्भिक निर्वाचनमा निर्विरोध भएपछि उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले घण्टी चुनाव चिन्ह प्रदान गरेको थियो । ललितपुरमा बलियो उम्मेदवारको रुपमा चर्चा बटुल्दै आएकी तोसिमा कार्कीले यतिबेला घरदैलो अभियानलाई निरन्तरता दिइरहेकी छिन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य भने लिएकी छैनन् ।

डा. तोसिमा कार्की ललितपुर वडा नं. १८ का स्थायी बासिन्दा हुन् । डा. कार्कीले आफुले ३ नं. क्षेत्रको सबै टोलहरुमा घरदैलो अभियान सञ्चालन गर्दा नागरिकहरुको उत्साह र हौसलाले आफ्नो जितको सुनिश्चितता भएको अनुभूति प्रकट गरेकी छिन् । पुराना राजनीतिक दलहरुप्रति जनता निरास बन्दै गइरहेको अवस्थामा ललितपुर ३ का जनताले स्वतन्त्रका उम्मेदवार डा. तोसिमा कार्कीको चुनाव चिन्ह घण्टीमा मतदान गर्ने देखिन्छ ।

कार्कीले विगतमा आफु कुनै पनि राजनीतिक दलमा आवद्ध नभएको, आफ्नो उम्मेदवारी स्वतन्त्र भएको र राष्ट्रिय स्वतन्त्र पार्टीले घण्टी चुनाव चिन्ह प्रदान गरेको बताएकी छिन् । कार्कीले भनिन– पुराना दलहरुले जेजति गरे उहाँहरुलाई धन्यवाद ! अब उहाँहरुबाट देशको विकास सम्भव छैन । अब उहाँहरुले विश्राम लिने बेला आएको छ । हामी युवालाई काम गर्न दिने बेला हो ।

अब देशलाई विकास चाहिएको छ । प्राविधिक क्रान्ती, आर्थीक क्रान्ती चाहिएको छ । जुन हामी जस्ता युवा सोच, युवा जोस, युवा शक्तिबाट मात्र सम्भव छ । पढेलेखेका शिक्षित युवाहरु राजनीतिमा आएर सत्तामा गई देशलाई स्वाधिनता, आत्मनिर्भर र समृद्ध राष्ट्र निर्माण गर्नुपर्दछ ।

को हुन् तोसिमा कार्की ?

#ChangeMaker #MedicalActivist #YouthLeader #Doctor

नाम : डा. तोसिमा कार्की
ठेगाना : आदिनाथ गाउँ, नख्खु खोला मार्ग, वडा नं. १८, ललितपुर क्षेत्र नं. ३
शिक्षा : शहिद धर्मभक्त स्कुल, नख्खु (कक्षा १–१०), मोडर्न ईन्डियन स्कुल, चोभार (कक्षा ११–१२)
एमविविएस (किष्ट मेडिकल कलेज, ललितपुर), मास्टर्स जनरल सर्जरी (काठमाडौं विश्वविधालय)
पेशा : जनरल सर्जन, पाटन अस्पताल, ललितपुर
युवा नेतृ, मेडिकल अभियानता, निर्वाचित केन्द्रिय सदस्य नेपाल मेडिकल काउन्सील
लक्ष : स्वस्थ नेपाली, सुखी नेपाली, प्रतिबद्दता : जनताप्रति ईमानदारिता ।

डा. तोसिमा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा

डा. तोसिमा कार्कीले विगत ११ वर्षदेखि चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा अभियानको नेतृत्व साथै नागरिकका जायज मुद्दाहरुमा सक्रिय भुमिकाहरुमा निम्न कार्यहरु गरेका छन् ।

– २०७१/७२ मा मेडिकल कलेजहरुमा हुने बेथिती विरुद्द ईन्टर्न डाक्टर तथा मेडिकल विधार्थी आन्दोलनको नेतृत्व गरेको ।
– अस्पताल तथा स्वास्थ्यकर्मीहरु माथी हुने भौतिक आक्रमणलाई न्युनिकरण गर्दै सुरक्षाको पर्त्याभुतिको लागि विगत ७ वर्ष देखि विभिन्न चरणमा Save Medical Fraternity Movement को नेतृत्व गर्दै स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा सम्बन्धी ऐनमा Jail without Bail को अवधारणा समेटि संसोधन गर्न/गराउन सफल ।
– महा विनासकारी भुकम्पको बेला सिनधुपालचोक, बतासे, रामेछाप, नुवाकोट, साल्मे, ललितपुरको दुर्गम ठूलो दुर्लुङ लगायत ठाउँहरुमा स्वास्थ्य तथा राहत सिविरको नेतृत्व गरेको ।
– शितलहरको बेला सुनसरी, ईनरुवा, रौतहट जस्ता ठाउँहरुमा “जाडोमा न्यानो” अभियानको नेतृत्व। बाढि पहिरोले घर खेत बगाएको बेला तराईको सप्तरी, सुस्ता, ईनरुवा जस्ता बस्तिहरुमा ‘राहत तथा उद्दार” कार्यक्रम साथै स्वास्थ्य सिविर सञ्चालन।
– २०७४/७५ सालमा त्रि वि मेडिकल कलेजहरुमा हुने MD/MS/BDS भर्नामा हुने भ्रष्टाचार र बेथिती विरुद्द सर्वोच्च अदालतमा मुद्दाको नेतृत्च लिई मेरिट सुचिअनुसार भर्ना स्थापित गर्न सफल ।
– २०७५/७६ सालमा पुन सर्वोच्च अदालतमा मुद्दाको नेतृत्व लिई त्रि.वि. मेडिकल कलेजहरुमा हुने स्नातकोत्तर भर्नाको भर्ना शूल्क निरधारण गरि लागु गराउन सफल ।
– डा. गोबिन्द के.सी. को स्वास्थ्य क्षेत्रतर्फको २० पटकसम्मको सत्याग्रहमा आम आन्दोलन, व्यवस्थापन तथा नेतृत्वदायी भुमिका खेलेको ।
– कोभीड–१९ को माहामारीमा आफू निरन्तर ड्युटिमा खटिएको अवस्थामा स्वास्थ्यकर्मीहरुलाई सुरक्षा सामाग्री व्यवस्थापन गर्नुका साथै आम जनमानसका लागी जनचेतना, स्वास्थ्य सामाग्री, oxygen cylinder तथा होम आईसोलेसन लगायतको सहजिकरणमा भुमिका निभाएको ।
– देश भरका चिकित्सकहरुबाट समर्थन पाई २०७८ सालको नेपाल मेडिकल काउन्सिलको निर्वाचनमाअत्याधिक मत ल्याई नेपाल मेडिकल काउन्सिलको केन्द्निय सदस्यको रुपमा निर्वाचित । मेडिकल काउन्सिलमा रहि चिकित्सकहरु र चिकित्सकिय अभ्यासलाई प्रभावकारी बनाउन नितीगत भुमिका निभाउँदै आएको ।
– सामाजिक न्यायका अभियान र भ्रष्टाचार विरुद्दका आन्दोलनहरुमा शक्रिय सहभागिता ।

तोसिमा कार्कीलाई नै भोट किन ?

आम जनमानसमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच :

१) २०८०–८५ लाई स्वास्थ्य क्षेत्र सुधारको “स्वर्णिम पञ्च वर्ष ” को रुपमा ग्रहण गर्दै स्वास्थ्यको बजेटलाई बढाई १० प्रतिशत बढाउन पहल गर्नेछौँ ।
२) स्वास्थ्य विमालाई वैज्ञानिक अवधारणा अनुरुप सबैका लागी अनिवार्य विमा योजना प्रभावकारी बनाउन पहल गर्नेछौँ ।
३) Electronic Medical Record system को विकास गरि यसलाई राष्ट्रिय परिचयपत्रसँग आवद्द गराउन नेतृत्व लिनेछौँ।
४) ईमर्जेन्सी स्वास्थ्य सेवाका लागि तत्कालै उपलब्ध हुने गरी Emergency Health Loan वा विमा मार्फत उपचार हुने व्यवस्था गराउन नेतृत्व लिनेछौँ ।
५) आवश्यकताको सिद्दान्तअनुसार सबै स्वास्थ्य संस्थाहरुमा चिकित्सक लगायत स्वास्थ्यकर्मीको दरबन्दी बढाई स्वास्थ्य सेवा प्रवाह थप सुदृढ गराउन क्रियाशिल रहनेछौँ। साथै स्वास्थ्य संस्थाहरुमा तोकिएअनुसारका निःशुल्क औषधिहरु पर्याप्त मात्रामा सधैँ उपलब्ध हुने सुनिश्चितता गराउनेछौँ ।
६) प्रत्येक प्रदेशमा कम्तीमा एउटा सम्पूर्ण विशेषज्ञ अस्पताल सन्चालनमा ल्याउनेछौँ । प्रत्येक अस्पतालमा ब्लड बैंक, फार्मेसी र एम्बुलेन्स सेवा उपलब्धताको सनिश्चितता गराउनेछौँ।
७) चिकित्सा शीक्षा तथा स्वास्थ्य सेवा सुधारका मुद्दाहरुमा डा. गोबिन्द के.सी. सँग सरकारले गरेका सम्झौताहरु लागु गराउनेछौँ ।
८) एकिकृत राष्ट्रीय ट्रमा तथा दुर्घटना व्यवस्थापन प्रणाली बनाउन नेतृत्व लिनेछौँ ।
९) आम जनताले बिरामी पर्दा वा आकष्मिक अवस्थामा उपचार तथा अस्पताल सम्बन्धि जानकारी एवम् परामर्श लिन सक्ने “हेल्थ कल सेन्टर” २४ औँ घण्टा चालु हुने गरी सन्चालन गराउनेछौँ ।
१०) वडा तथा अर्वन हेल्थ सेन्टरहरुको स्तरोन्नति गर्दै MBBS डाक्टर, सामान्य ल्याब सेवा, प्राथमिक स्वास्थ्य सेवा, र सामान्य शल्यकृया को सुविधाहुने गरि सुदृढिकरण गराउनेछौँ ।
११) क्यान्सर (स्तन, पाठेघर, आन्द्रा, प्रोस्टेट आदी) को स्क्रीनिङका कार्यक्रमहरु निशुल्क र अनिवार्य हुने गरि व्यवस्था गराउनेछौँ ।
१२) जेष्ठ नागरिक तथा फरक क्षमताभएकाहरुका लागि आवस्यक सहयोग सामाग्री र स्वास्थ्य सेवा प्रदान साथै जेष्ठ नागरिक प्याकेज अन्तर्गत मासिक रुपमा स्वस्थ्य जाँच गर्ने व्यवस्था गराउनेछौँ ।
१३) स्वदेशी औषधितथा स्वास्थ्य सेवा सामाग्रीको स्तरोन्नती र उत्पादन बढाउन स्वदेशी उत्पादकलाई कर छुट लगायतको व्यवस्था गरि प्रोत्साहन गर्नेछौँ ।
१४) नेपालका औषधिमुलक बनस्पतिको उत्पादन, बजारिकरण र निर्यात बढाउन कार्यक्रम ल्याउनेछौँ ।
१५) अस्पतालको १० प्रतिशत बेड विपन्न बिरामीको लागि छुट्याईनु पर्ने नियमलाई व्यवहारमा सुनिश्चित गराउनेछौँ । प्रत्येक अस्पतालमा अनिवार्य रुपमा विपन्न बिरामी कोषको व्यवस्था गराउने, साथै सरकारी तथा निजी अस्पतालको केहि प्रतिशत विपन्न कोषमा जम्मा गर्नुपर्ने व्यवस्था ल्याउन पहल गर्नेछौँ ।

महिला सशक्तिकरण :

१) महिलाको हकमा ब्याचलर्स लेभल सम्म निशुल्क शिक्षाको व्यवस्था गराउन पहल गर्नेछौँ ।
२) महिला कार्यकारी प्रमुख भएका संस्थाहरुमा सहज ऋृण, करमा छुट लगायतको विशेष सुविधाको व्यवस्था गराउनेछौँ ।
३) उत्पादनशिल उमेर समुहका प्रत्येक महिलालाई व्यवसाय/आयमुलक प्राविधिक शिक्षा अनिवार्य गरि, निशुल्क व्यवस्थाको पहल गर्नेछौँ ।
४) महिनावारी सम्बन्धि सामाग्रिहरुलाई गुणस्तर र सर्वशुलभ बनाउने साथै वातावरण मैत्री सामाग्रिलाई प्रोत्साहन दिनेछौँ ।
५) एकल महिला, वृद्द महिला, फरक क्षमताभएका महिलाहरुका निम्ती व्यवसायमा प्रोत्साहन, कर छुट लगायत थप अवसरहरुको प्रबन्ध मिलाईनेछौँ साथै उनिहरुका समस्या सुन्ने, समाधान खोज्ने समिति माध्यमको विकास गर्नेछौँ ।
६) स्वास्थ्य विमामा महिलाको लागि वृहत्तर पहुँच हुने व्यवस्था गराउन पहल गर्नेछौँ ।
७) लघु उधोग चलाईरहेका गृहश्रमीक महिलाहरुका लागी सुविधा (सस्तो ब्याजमा ऋृण, विना धितो ऋृण, करमा छुट, निर्यात भन्सारमा छुट, सामाजिक सुरक्षा) आदि व्यवस्थाको पहल गर्नेछौँ साथै आधुनिक उपकरणहरु (जस्तै लुगा सिउने हाते मेसिनको सट्टा ईलेक्ट्रिक मेसिन)लाई सर्वशुलभ बनाई प्रोत्साहन दिनेछौँ ।

शिक्षा र युवा रोजगारी :

१) शिक्षामा वार्षिक बजेट बढाउन पहल गर्नेछौँ।
२) शैक्षिक सुधारको लागि विश्वव्यापी रुपमा अगाडि आईरहेका प्राविधिक परिवर्तनलाई तत्कालै पाठ्यक्रममा समावेश गर्ने व्यवस्था ल्याउनेछौँ ।
३) SEE तह सम्मको पाठ्यक्रममा कुनै एकव्यवसाय मुलक प्राविधिक शिक्षा अनिवार्यगराउने निती ल्याउन पहल गर्नेछौँ । व्यवसाय सुरु गर्न ईच्छुक युवाहरुका लागि प्रमाण पत्र धितो राखि सस्तो ब्याजदरमा व्यवसायिक ऋणको व्यवस्था गराउनेछौँ।
४) स्थानिय उत्पादनका उत्पापदक, भण्डारक एवम् बजारिकरण गर्ने ब्यापार–व्यवसायीहरुलाई प्रोत्साहन दिन सस्तो ब्याजदरमा ऋृण, कर छुट एवम् व्यवसायमा सहजिकरण हुने व्यवस्था गर्नेछौँ ।
५) स्वदेशी उतपादन बढाईनिर्यात बढाउने व्यवसायीहरुलाई प्रोत्साहन गर्न विभीन्न सुविधा तथा सम्मानको व्यवस्था गर्नेछौँ।

स्थानीय कृषी तथा लघु उधोग प्रोत्साहन :

१) कृषिलाई आधुनकिकरण गराउन कृषकलाई आवश्यक प्राविधिक शिक्षा निःशुल्क व्यवस्था गर्न नेतृत्व लिनेछौँ ।
२) कृषि अनुदान र बिमाको पहुँचलाई विस्तार गर्नेछौँ साथै सस्तो ब्याजदरमा ऋणको व्यवस्था गर्नेछौँ ।
३) माटोको किसिम, हावापानी, उब्जनी, बिउ, सिँचाई, मल, भण्डारण, बजारिकरण, तथा निर्यात सम्बन्धि समस्या सुन्न र समाधानका लागि राष्ट्रिय तथा प्रादेशिक स्तरमा कृषि विज्ञ सहितको “कृषक Hotline” को व्यवस्था गर्न नेतृत्व लिनेछौँ ।
४) कृषिका आधुनिक उपकरणलाई सर्वशुलभ पहल गर्नेछौं ।
५) सहरी क्षेत्रमा कौशी खेती सम्बन्धि विज्ञहरुबाट तालिम दिई सामुदायिककौशी खेती प्रोत्साहन गर्नेछौँ ।

गैरआवाशिय नेपाली :

१) देश बाहीर बाटै नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याईरहेका गैर आवाशिय नेपाली दाजुभाई तथा दिदी बहिनीहरुले देश बाहिरैबाट मतदान गर्न पाउने व्यवस्था मिलाउन पहल गर्नेछौँ ।
२) खेलकुद विकासमा

सांस्कृतिक सम्पदाको संरक्षण :

१) विभिन्न कला, सिप भएका संस्कृति विज्ञहरुको समिती बनाई सांस्कृतिक सम्पदा संरक्षणको लागी राष्ट्रीय निती बनाउन पहल गर्नेछौँ। विकास निर्माण तथा आधुनिकिकरणमा सांस्कृतिक सम्पदाको जगेर्नालाई विशेष ध्यान दिनेछौँ।
२) प्रादेशिक स्तरको सिप तालिम केन्द्र स्थापना गरि सो व्यवसाय गरिरहेकाहरुलाई प्रशिक्षकको रुपमा राख्ने र तालिम प्राप्तलाई सोहि स्थलहरुमा ईन्टर्नसिप तथा रोजगारको व्यवस्था ल्याउन पहल गर्नेछौँ।
३) मुर्तिकला, हष्तकला, काष्ठकला, धातुकला लगायतका पुरातात्विक कला विज्ञहरुलाई सम्मान र प्रोत्साहनको व्यवस्था साथै सो सम्बन्धि व्यवसायलाई सस्तो ब्याजदरमा ऋणको व्यवस्था गराउन पहल गर्नेछौँ।
४) हाल सम्म पनि ललितपुर क्षेत्र ३ का केहि कोर बस्तीहरुमा आफ्नो घर जग्गाको लालपुर्जा नभएर समस्या भईरहेकोले स्थानीय सरकार सँग सहकार्य गरी सर्व सुलभ रुपमा लालपुर्जा उपलब्ध गराउन पगल गर्नेछौँ ।
५) हाम्रो क्षेत्रका कोर बस्तीहरुमा रहेका घरहरु पुनःर्निमाण गर्दा नेवारी कला, संस्कृति र सम्पदा झल्कने गरी निर्माणलाई प्रोत्साहन दिन उचित अनुदानको व्यवस्था गर्ने पहल गर्नेछौँ।
६) हाम्रो यस क्षेत्रमा रहेको ऐतिहासिक पाटि, पौवा, मठ–मन्दीर, लगायत सम्पदाको उचित संरक्षण र पुनः निर्माण साथै लोप भएका सम्पदाहरुको खोजि गरि उत्खनन गर्न/गराउन नेतृत्व लिनेछौँ ।
७) घर–घरमा भएका ऐतिहासिक तथा पुरातात्चिक महत्वका वस्तुहरुलाई राज्यले पहिचान गरि राज्यको सम्पतिको रुपमा सो व्यक्तिलाई नै श्रेय जाने गरि स्थानिय तथा राष्ट्रिय सङ्ग्रहालयहरुमा संरक्षण गर्ने व्यवस्था मिलाउन पहल गर्नेछौँ।
८) सरकारी कार्यक्रमहरु पार्टि पालेसमा नभई सांस्कृतिक गुठिहरुमा गर्ने साथै सांस्कृतिक महत्व झल्किने स्थानीय वस्तुहरु को प्रयोग गर्नेछौँ । राष्ट्रीय तथा अन्तराष्ट्रीय कार्यक्रमहरुमा प्रयोग हुने मेमेण्टो, मायाको चिनो लगायत वस्तुहरुमा स्वदेशको चिनारी र संस्कृति झल्कने कलात्मक वस्तुहरुको प्रयोगलाई अनिवार्य गराउन पहल गर्नेछौँ।
९) हाम्रो क्षेत्रमा महत्वपूर्ण रहेका कला, संस्कृति, चाडपर्व, तथा सम्पदाहरुको राष्ट्रिय तथा अन्तराष्ट्रीय स्तरमा ब्रान्डिङ हुने गरि कार्यक्रमहरु ल्याउनेछौँ साथै आवश्यक अनुदान प्रदान गर्नेछौँ।

सडक तथा वातावरणको व्यवस्थापन :

१) खानेपानीको आपूर्ति सहज र नियमित बनाउनेछौँ ।
२) साथै शहरका चोक–चोकमा सर्वशुलभ शुद्ध पिउने पानीको लागि Water ATM हरु जडान गर्ने/गराउनेछौँ।
३) बिग्रिएका भत्किएका सडकहरु पुनर्निमाण गर्ने/गराउनेछौँ । सडकहरु व्यवस्थित बनाउने, पार्किङको प्रबन्ध मिलाउने, साईकल मैत्री तथा फरक क्षमता मैत्रीसडक संरचनाहरु निर्माण तथा विस्तार गर्नरगराउन महानगरसँग सहकार्य गर्नेछौँ।
४) एम्बुलेन्स, दमकल जस्ता आकष्मिक सवारी साधनको सहज यात्राको लागि आवश्यक व्यवस्थाको पहल गर्नेछौँ।
५) जावलाखेल, एकान्तकुना, भैँसिपाटि, बुङ्गमति, खोकना लगायत व्यस्त रुटमा पर्याप्त मात्रामासार्वजनिक यातायातको प्रबन्ध साथै व्यवस्थित बिसौनिहरु निर्माण गरि सहज यात्राको वातावरण मिलाउन नेतृत्व लिनेछौँ।
६) हाम्रो क्षेत्रको नगरका सडकहरुमा वर्षाको बेला सडक डुबान हुने, बेला बेला ढल फुट्ने जस्ता समस्या हुने गरेकोले ढल निकास गर्ने, पानी जम्न नदिने, आवश्यक मर्मत सम्भार गर्ने÷गराउनेछौँ।
७) यस क्षेत्रमा भएका पार्कहरुलाई व्यवस्थीत गराई अन्य खाली ठाउँहरुमा थप पार्क निर्माणको पहल गर्नेछौँ। सार्वजनिक स्थल, मन्दिर, पाटि पौवा, चौराहा, पार्क, सडकहरुमा सार्वजनिक बिजुलीको व्यवस्था साथै निशुल्क वाईफाई नेटको प्रबन्ध मिलाउन पहल गर्नेछौँ।
८) समुदायले बेहोरेको वातावरणिय क्षतिका कागि ललितपुर क्षेत्रका निजी अस्पतालहरुमा याहाँका बासिन्दाको लागि ५० प्रतिशत छुटको व्यवस्था गर्न पहल गर्नेछौँ।
९) भैंसिपाटिमा निर्माणाधिन रहेको मन्त्री निवासमा यस क्षेत्रका बासीन्दाहरुलाई रोजगारको लागि प्रथम प्राथमिकतामा राख्नुपर्ने कुराको जोडदार पहल गर्नेछौँ ।


क्याटेगोरी : समाचार
ट्याग : #डा. तोसिमा


तपाईको कमेन्ट लेख्नुहोस्