सन्दीप लामिछाने आज काठमाडौं आइपुग्ने , सामाजीक संजालमा लेखे यस्तो स्टाटस
काठमाडौं, २० आसोज । नाबालिग बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने आज बिहान नेपाल आइपुग्दैछन् ।
लामिछानेले सामाजिक सञ्जालमार्फत बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्रराष्ट्रिय विमानस्थल काठमाडौं आइपुग्ने जनाएका हुन् ।
‘प्रहरी अधिकारीसमक्ष आत्मसमर्पण गर्ने प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु’, उनले लेखेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाई जानकारी गराइसकेको छु।
‘ममाथि लागेको गलत आरोपविरुद्ध छिट्टै कानुनी सहयोग खोज्नेछु र न्याय पाउनेमा विश्वस्त छु।’ उनले लेखेका छन्, ‘छिट्टै क्रिकेट मैदानमा फर्केर मेरो प्यारो देशको नाम र कीर्तिमान बनाउनेछु र छिटोभन्दा छिटो न्यायको कामना गर्दछु ।’
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सन्दीप लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्