शेरबहादुर देउवालाई नेता मानेर समाजवादमा पुगिदैन: शंकर पोखरेल
पोखरा। नेकपा एमालेमा महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल जनमत विरोधी भएको बताएका छन् ।
नेकपा एमाले कास्की जिल्ला कमिटीले पोखरामा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई घेराबन्दी गरिएपछि, जनादेश खण्डित गर्ने षडयन्त्र शुरू भएको र ओलीले प्रतिनिधि सभा विघटन गर्नुपरेको भन्दै उनले प्रचण्ड र माधन नेपाल जनमतका विरोधी भएको बताएका हुन् । तत्कालीन परिस्थितिमा केपी ओलीले नयाँ जनमतमा जाने निर्णय गर्नु लोकतन्त्रको विरूद्धमा हुँदै नभएको प्रष्टीकरण उनले दिएका छन् ।
लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका महासचिव पोखरेलले देशको नेतृत्व गरिरहेका दलका नेताहरू आज नेपाली काँग्रेससँग निर्वाचनमा उम्मेदवारी दिने सीट माग्ने अवस्थामा पुगिरहेको चर्चा गर्दै भने, ‘नेकपा एसलाई सोध्न चाहन्छु, १७ सीटको भीख माग्न लज्जाबोध हुँदैन ? समाजवादको गफ हाँक्ने नेताहरू शेरबहादुर देउवालाई नेता मानेर समाजवादमा पुगिन्छ ? मजाक गर्ने ? माओवादीका नेताहरू के शेरबहादुर देउवालाई नेता मान्न १७ हजारको बलिदान गरेको हो ?’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शंकर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्