१७ सीटमा खुम्चियो नेकपा (एस) कांग्रेस र माओवादीले कति लिए ?
काठमाडौं। प्रतिनिधिसभातर्फ कम्तीमा २५ सीट पाउनुपर्ने अडानका साथ पाँच दलीय सत्ता र चुनावी गठबन्धनमा सहभागी भएको माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले १७ सीटमात्रै पाएको छ ।
सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभाको सीट भागबण्डा मिलाउने क्रम अन्तिम अवस्थामा पुगेसँगै सो पार्टीले १७ सीट मात्रै पाउने भएको हो । योसँगै २५ सीट दाबी गरेर कम्तीमा २२ सीट लिने नेकपा एसको योजना चकनाचुर भएको छ । त्यसो त उसले सुरूमा आफूलाई ४० सीटको दाबेदार भनेर प्रस्तुत गरेको थियो ।
प्रतिनिधिसभामा कम सीट पाएको समाजवादीलाई प्रदेशसभाको सीटमा केही थप सीट दिने आश्वासन गठबन्धनका नेताहरूले दिएका छन् । तर, झन् झन् पार्टीको हैसियत गिर्दो अवस्थामा रहेको नेकपा एसलाई सोचेजति न्याय गर्ने अवस्थामा गठबन्धन देखिएका छैन ।
बाँडफाँटको क्रममा नेपाली कांग्रेसले ८४ र माओवादीले ४४ सीट लिने पक्का भएको बताइएको छ । झट्का सहेर माधव नेपालले १७ सीटमा चित्त बुझाउने संकेत गरे पनि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी थप असन्तुष्ट बन्दै गएको छ ।
उसले एक्लै चुनाव लड्ने वा अन्य दलसँग चुनावी तालमेल गर्ने भनेर रणनीति तयार गरिरहेको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #१७ सीटमा खुम्चियो नेकपा (एस), #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्