चुनावपछि राप्रपा पहिलो पार्टी बन्छ : राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी चुनावपछि राप्रपा पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।
रवीन्द्र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण, एकता घोषणा कार्यक्रममा बोल्दै लिङदेनले नागरिकले विश्वासिलो विकल्प खोजिरहेको र राप्रपा मात्र त्यसको विकल्प भएको बताँउदै उनले ४ मंसिरको चुनावमा कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुले नै राप्रपालाई मत दिने लिङ्देनले दावी गरेका हुन ।
‘राप्रपाले धेरै सिट ल्याउने मात्र होइन, पहिलो सिट ल्याउँछ । मतदाताले विश्वासिलो विकल्प खोजिरहेको छ । विकल्प खोजिरहेको मतदाताको नजरमा राप्रपा परेको छ ।हारेको हार्दै गर्दा जितिन्छ भन्ने र जिते पनि त्यत्रो सिट भन्ने हिन मानसिकता अझै छ । विजय हाम्रो सम्मुख छ । मुलुकले विकल्प खोजिरहेको छ ।’
काठमाडौं महानगर पालिकाको मेयरमा बालेन शाह निर्वाचित हुन्छन् भन्ने कसैले नसोचेको बताउँदै राप्रपाको पनि त्यस्तै अवस्था हुने बताए ।
राप्रपाले विगतमा गलत व्यवस्थापनका कारण पटक पटक हारेकाले नेत कार्यकर्तामा हीन मानसिकता देखिएको र उनले देशका १६५ वटै प्रतिनिधिसभा र ३३० प्रदेशसशभमा उम्मेदवारी दिने दाबी गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #चुनावपछि राप्रपा पहिलो पार्टी बन्छ : लिङ्देन, #राजेन्द्र लिङ्देन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्