लोसपाका ६ जना केन्द्रीय सदस्य सहित तीनहजार कार्यकर्ता एमालेमा प्रवेश
कपिलवस्तु । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का छ जना केन्द्रीय सदस्य र कपिलवस्तु जिल्ला समिति तीनहजार कार्यकर्तासहित नेकपा (एमाले) मा समाहित भएको घोषणा गरिएको छ ।
मङ्गलवार कपिलवस्तुको पकडीमा आयोजित विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा लोसपाका केन्द्रीय सदस्यहरू मधुसदन शरण चौधरी, सन्तराम अग्रहरी, भगवानदास चौधरी, राजमति यादव, सरसती चमकटिया र जामवन्ती भुज ९गुप्ता० एमालेमा प्रवेश गर्नुभयो ।
त्यसैगरी लोसपाका कपिलवस्तु जिल्ला समितिका अध्यक्ष कैलाश अग्रहरी र सिङ्गो जिल्ला समितिका साथै मातहतका सबै समितिलाई पनि एमालेमा समाहित भएको घोषणा गरियो । कार्यक्रममा लोसपा र अन्य दलहरू त्याग गरी तीनहजार जना भन्दा बढी एमालेमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूलाई नेकपा ९एमाले० का उपमहासचिव प्रदीप ज्ञवालीले माला र अवीर लगाई पार्टीमा स्वागत गर्नुभयो ।
सो कार्यक्रमलाई सम्वोधन गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले हुलाकी सडक बनेसँगै तराईको मुहार फेरिएको वताउनुभयो । नेता ज्ञवालीले तराई मधेश समृद्धि कार्यक्रम, सीमा क्षेत्र विकास, राजमार्गलाई चौडा पार्ने काम, राजमार्गदेखि तराईको सदरमुकामका जिल्लालाई चार लेनको सडकमा विस्तार गर्ने काम एमाले सरकारले गरेको वताउनुभयो ।
विगतमा एमाले सरकारले नागरिकता अध्यादेश ल्याएर नागरिकताको समस्या समाधान गर्न खोजेको भए पनि सेटिङमा चल्ने सर्वोच्च अदालतले रोक लगाएको स्मरण गर्दै नेता ज्ञवालीले एमाले नागरिकता समस्याको स्थायी समाधानको पक्षमा रहेको स्पष्ट पार्नु भयो ।
सो जनसभामा बोल्दै नव प्रवेशी नेता चौधरीले आफू मधेशको सच्चा कार्यकर्ता भएको र देशको एक मात्र सच्चा पार्टी एमाले देखिएकाले आफूहरू सामुहिक रूपमा एमालेमा प्रवेश गरेको बताउनुभयो ।
केही दिन अघि एमाले प्रवेश गर्नुभएकी निवर्तमान सांसद अमृता अग्रहरीले ३० वर्ष मधेशवादी राजनीति गरे पनि मधेशको मुक्ति एमालेबाट मात्र सम्भव देखेर हजारौं नेता कार्यकर्ता एमाले प्रवेश गरेको तर्क गर्नुभयो ।
नेता दानबहादुर चौधरीले यतिबेला तराई मधेशमा एमालेको लहर देखेर पाँचदलीय गठबन्धन चुनाबबाट डराइरहेको बताउनुभयो ।
यस्तै एमाले प्रवेश गर्नुभएका लोसपाका जिल्ला अध्यक्ष कैलाश अग्रहरीले मधेशवादी दल वास्तवमै विदेशीका गोटी बनेकाले आफूहरू एमाले प्रवेश गरेर राष्ट्रहित प्रवद्र्धन गर्न तयार भएको स्पष्ट पार्नु भयो ।
नेकपा ९एमाले० कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका नेता पशुपति दयाल मिश्र, मंगलप्रसाद गुप्ता लगायतले सम्बोधन गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #तीनहजार कार्यकर्ता एमालेमा प्रवेश, #लोसपाका ६ जना केन्द्रीय सदस्य सहित तीनहजार कार्यकर्ता एमालेमा प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्