सूचनाको हक जति प्रयोग गर्न सक्यो त्यति नै लोकतन्त्र बलियो हुन्छ : अग्नि सापकोटा
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले विकास र प्रविधिको उच्चतम संयोजन हुनसके मुलुकको विकासमा चमत्कारिक परिवर्तन ल्याउन सकिने बताउनुभएको छ ।
सूचनाको सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय सूचना आयोग र नेपाल दूरसञ्चार प्राधिकरणले संयुक्त रुपमा आज काठमाडौँमा आयोजना गरेको गोष्ठीमा सभामुख सापकोटाले सूचनाको हक जति प्रयोग गर्न सक्यो त्यति नै लोकतन्त्र बलियो हुने हुँदा सबैले सूचना पाउने हक उपभोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नयाँ प्रविधिको प्रयोग गर्न सकिएन भने मानव अस्तित्व नै असान्दर्भिक हुन जाने अवस्था आएकाले सूचना प्रविधिको विकासको विज्ञानलाई आत्मसाथ गर्नुको विकल्प नभएको बताउनुभयो ।
सभामुख सापकोटाले अबको युग सूचना प्रविधिको युग भएकाले सुशासनका लागि विद्युतीय शासन आवश्यकता भइसकेको बताउनुभयो ।
त्यसैगरी राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले केही समयभित्रै अनलाइन प्रणालीबाट सूचना माग्न सकिने व्यवस्था गर्न लागेको जानकारी गराउनुभयो ।
सूचना प्रत्येक नागरिकको हक भए पनि हालसम्म नागरिक तहबाट आयोगमा सूचना माग नभएको जानकारी दिनुभयो ।
गोष्ठीमा सूचना अधिकारकर्मी एवं वरिष्ठ पत्रकार तारानाथ दाहालले सूचना प्रविधिको विकास, कृत्रिम बौद्धिकता र विद्युतीय शासनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो ।
कार्यपत्रमाथि टिप्पणी गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले सरकारले सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको बताउनुभयो ।
त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणका निमित्त प्रमुख अर्जुन घिमिरेले प्राधिकरणले प्रत्येक वडा, पालिका, विद्यालय र स्वास्थ्य चौकीमा इन्टरनेट पुर्याउन लागि परेको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरूले सूचना दिएकै कारण कतिपय कार्यालयका कर्मचारी निलम्बनमा परेका, सूचनाको हक प्रयोग गरेर सूचना माग गर्दा दुर्व्यवहार भोग्नु परेको र सूचनाको हक कार्यान्वयन नभएको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #अग्निप्रसाद सापकोटा, #सभामुख
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्