अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट ७ जना पक्राउ
काठमाडौं । अवैध लागूऔषध खैरो हेरोइन सहित प्रहरीले छुट्टाछुट्टै स्थानबाट सात जना पक्राउ गरेको छ ।
दाङ, घोराही उपमहानगरपालिका–११ बन्चरेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका–१२ हिलेखर्क बस्ने ३२ वर्षीय जिवराज रावतलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा जिवराजलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका–६ वैशाखाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम १६ मिलीग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका–५ गुलरिया बस्ने २७ वर्षीय जय किसन चौधरी र कैलाली धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँ बस्ने २८ वर्षीय महेश ओझा रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले मे.७ प ९८८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त ठाउँमा जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका–६ मेचीपुलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ७५ ग्राम सहित रामेछाप, रामेछाप नगरपालिका–८ बस्ने ३० वर्षीय बिजय लामालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पदार्थ, नगद १० हजार रूपैयाँ र २ थान मोबाइल फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका–५ पाथिभरा टोलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १३ ग्राम सहित ईलाम माई नगरपालिका–२ बस्ने २२ वर्षीय केविन्द्र गोले समेत ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो
काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरीले उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट ७ जना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्