उपमेयर सुनिता डंगोलको अगुवाईमा बजार अनुगमन
काठमाडौं महानगरपालीकाले विगतमा जस्तै चाडपर्वको मुखमा आएर बजार अनुगमनलाई निरन्तरता दिएको छ । चाडपर्व नजिकिदै गर्दा सरकारले अनुगमनलाई तिब्र बनाएको हो ।
बडादसैं सुरु भएसँगै बजारभाउ आकाशिएको छ । दैनिक उपभोग्य सामानको मूल्यले उपभोक्ता मारमा परेका छन् । आम मानिससँग दैनिक जोडिएका उपभोग्य बस्तु दाल, चामल, लत्ता कपडादेखि तरकारी जस्ता बस्तुमा बिचौलियाको प्रवेश तथा कालाबजारी रोक्नका लागि अनुगमनलाई बजार केन्द्रित बनाएको हो ।
काठमाडौंंं महानगरपालिका उपमेयर सुनिता डंगोलको टोलीले तरकारी बजार, खाद्यन्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरुमा अनुगमन गरेको छ ।
महानगरभित्र रहेको भित्रि पसलहरुमा गएर सामानको बिल, रजिटस्टे«सन गरे÷नगरेको सामानको उत्पादन मितिको जाँच गरेको थियो । कतिपय व्यापारीलाई पसल दर्ता गराउने कुराहरु नै थाहा नभएको र उनीहरुलाई सचेत गराइएको बताउँदै उपमेयर डंगोलले अनुगमनको क्रमलाई दशैँपछि पनि निरन्तरता दिइने बताएकी छन् ।
कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले बजार अनुगमन गरिएको नियमनकारी निकायको दाबी छ ।
अनुगमनका क्रममा खाद्य विभागमा उत्पादित मिति मेटिएको खाद्य सामग्री पाइएको थियो ।
बिगतका वर्षमा समेत चाडपर्व आउदै गर्दा बजारमा व्यापारीले कृत्रिम मंहगी बढाउने गरेका छन् । त्यसको निरन्तरताको रुपमा अहिलेपनि व्यापारीले आफुखुसी मूल्य बढाइरहेका छन । बजारमा सामान अभाव भएको बाहना बनाउदै उपभोक्तालाई चर्काे मुल्यमा उपभोग्य बस्तु किन्न बाध्य गराउने गरेका छन् । यसरी बजारमा उपभोक्तालाई ठग्ने व्यापारीलाई तह लगाउनका लागि सरकारले यस पटकको अनुगमन नियमित र अनुसन्धानमुलक ढंगले बजार केन्द्रित हुने जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #उपमेयर सुनिता डंगोल, #उपमेयर सुनिता डंगोलको अगुवाईमा बजार अनुगमन, #काठमाडौं महानगरपालीका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्