मतदाताले उम्मेदवारका बारेमा जान्न पाउने वाताबरण हुनुपर्छ : राष्ट्रिय सूचना आयोग
काठमाण्डौं । राष्ट्रिय सूचना आयोगले निर्वाचनमा उम्मेदवारले पेस गर्ने मनोनयन पत्र र संलग्न कागजात मतदाताले थाहा पाउने गरी सार्वजनिक गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ ।
राष्ट्रिय सूचना आयोगको कार्यालय काठमाडौँमा, आइतवार पत्रकार सम्मेलन गर्दै सूचना आयुक्त कमला ओली थापाले आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, स्वच्छ, पारदर्शी र जिम्मेवार बनाउनका लागि मतदाताले उम्मेदवारका बारेमा सबै कुरा जान्न पाउने बातावरण मिलाउनका लागि निर्वाचन आयोगलाई सुझाव दिएको बताईन ।
“प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई निश्पक्ष, स्वच्छ, पारदर्शी र जिम्मेवार बनाउन तथा मतदाताले अधिकतम जानकारी पाउने वातावरण बनाउन आवश्यक भएको सन्दर्भमा निम्न बमोजिम गर्ने गराउन निर्वाचन आयोगमा सुझाव पठाउने निर्देशन पनि दिएको छ । भोट हाल्न कहाँ जाने हो सबैले थाहा पाउने वातावरण हुनुपर्छ ।”
सूचना आयुक्त थापाले, सूचना अधिकारीबाटै सूचना नपाएका उजूरीहरु आयोगमा धेरै आउने गरेको बताएकी छिन् ।
आयोगले सूचना नपाएको भनी एकामुल हक र राजीव दासले आयोगमा दर्ता गर्नुभएको उजुरी उपर कारबाही गर्दै राजपुर नगरपालिकाको कार्यालय रौतहटका बैंज ठाकुरलाई १० हजार रुपैयाँ र त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई २० हजार रुपैयाँ जरिवाना गरिएको पनि सूचना आयुक्त थापाले जानकारी दिईन ।
सूचना आयुक्त थापाले सेप्टेम्बर २८ अर्थात् यही असोज १२ गते पर्न गएको अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँच दिवसका अवसरमा काठमाडौँमा विचार गोष्ठीको आयोजना गरिएको उल्लेख गर्दै विचार गोष्ठीमा सहभागी हुन सरोकारवालालाई आग्रह समेत गरेकी छिन् ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय सूचना आयोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्