३० दिनभित्र परिचय पार्टीबापतको शुल्क बुझाउन महानगरको आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र राखिएका परिचय पार्टीबापतको शुल्क बुझाउन सम्बन्धित संस्थालाई आग्रह गरेको छ । महानगरले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै महानगरक्षेत्रभित्र व्यापार व्यवसाय गर्ने संस्थाहरुले परिचय पार्टी बापतको शुल्क ३० दिनभित्रमा बुझाउन अल्टिमेटम दिएको हो ।
केही व्यक्ति संस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखि आएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सघंसंस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने शुल्क नबुझाएपछि सूचना जारी गरेको महानगरले जनाएको छ ।
महानगरपालिकाको आर्थिक ऐन, २०५९ को अनुसूची २ बमोजिमको निम्नानुसारको शुल्क बुझाउन आग्रह गर्दै उक्त अवधिभित्र परिचय पार्टीकोे शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा महानगरपालिकाले तत्काल हटाउने चेतावनी समेत दिएको छ ।
काठमाडौं महानगरपालिकाले यस अघि अनुमति नलिई होर्डिङ एवं डिजिटल बोर्ड राख्न प्रतिबन्ध लगाएको थियो । महानगरले असोज ५ गते सार्वजनिक सूचना जारी गर्दै महानगरभित्र अनुमति नलिई वा अनुमति लिएको अवधि समाप्त भएका होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड तत्काल हटाउन आग्रह गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #३० दिनभित्र परिचय पार्टीबापतको शुल्क बुझाउन महानगरको आग्रह, #hot, #काठमाडौँं महानगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्