मधेश प्रदेशको कुल मतदाता सङ्ख्या ३३ लाख ८६ हजार
जनकपुरधाम । मधेश प्रदेशको आठ वटा जिल्लामा नयाँ मतदाता थप सँगै मतदाताको सङ्ख्या ३३ लाख ८६ हजार ६ सय २८ पुगेको छ ।
निर्वाचन कार्यालय मधेश प्रदेशले जानकारी दिए अनुसार १८ लाख २७ हजार ८ सय ५४ पुरुष र १५ लाख ५८ हजार ७ सय ४ महिला र फरक लिङ्गका ७० जना मतदाता रहेका छन् ।
प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका सूचना अधिकारी कृष्णचन्द्र राउतले जिल्लागत रुपमा सप्तरीमा २ लाख १७ हजार २ सय ८२ पुरुष, २ लाख १ हजार ७१ महिला र अन्य २१ गरी जम्मा ४ लाख १८ हजार ३ सय ७४ मतदाता रहेका छन् ।
सिरहामा २ लाख २४ हजार ९९ पुरुष, १ लाख ९८ हजार ६ सय ११ महिला र अन्य २ गरी जम्मा ४ लाख २२ हजार ७ सय १२ मतदाता रहेका छन् । धनुषामा २ लाख ५२ हजार ९ सय १५ पुरुष र २ लाख २१ हजार ६ सय ६५ महिला र अन्य ७ जना गरी ४ लाख ७४ हजार ५ सय ८७ मतदाता रहेका छन् ।
महोत्तरी जिल्लामा २ लाख १५ हजार १ सय ३१ पुरुष, १ लाख ८१ हजार ८ सय ९८ महिला र अन्य एक जना गरी कुल ३ लाख ९७ हजार ३० मतदाता कायम भएका छन् । सर्लाहीमा २ लाख ५९ हजार ४ सय १४ पुरुष, २ लाख १९ हजार ६ सय १४ महिला र १० जना अन्य गरी जम्मा ४ लाख ९७ हजार ३८ मतदाता रहेका छन् ।
यसै गरि रौतहटमा २ लाख २७ हजार २ सय २९ पुरुष, १ लाख ८८ हजार २ सय ५५ महिला र एक जना अन्य गरी जम्मा ४ लाख १५ हजार ४ सय ५५ मतदाता छन् । बारामा २ लाख ३६ हजार ८ सय ८० पुरुष, १ लाख ९६ हजार ६१२ महिला र १२ जना अन्य गरी कुल ४ लाख ३३ हजार ५ सय ४ मतदाता रहेका छन् ।
त्यस्तै, पर्सामा १ लाख ९४ हजार ९ सय ४ पुरुष, १ लाख ५१ हजार ८ महिला र १६ अन्य मतदाता गरी कुल ३ लाख ४५ हजार ९ सय २८ जना मतदाता रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन कार्यालय मधेश प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्