आज प्राथमिक उपचार दिवस
काठमाडौं । दुर्घटनामा परेकाहरुको आपतकाल समयमा गरिने उपचारलाई प्राथमिक उपचार भनिन्छ । प्राथमिक उपचारको ज्ञान भएमा घाईतेहरुको जीवन जोखिमलाई कम गर्न सकिन्छ ।
सन् २००० बाट क्ष्ँच्ऋ को पहलमा यो दिवस मनाउन शुरु गरिएको हो । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनामा विश्व प्राथमिक उपचार दिवस मनाइन्छ ।
प्राथमिक उपचारको तालिममा हामीले आधाभूत जीवन रक्षाका सीप जस्तै सिपीआर, अचेत घाईतेको ध्यान राख्ने, चोट र रक्तश्राव रोक्ने ज्ञानहरू प्राप्त गर्न सक्दछौं । आगलागी, विषपान, जङ्गलि जनावरको आक्रमण र सापको टोकाई जस्ता घाईतेको ज्यान जोगाउने तालिम पनि यसभित्र पर्दछ ।
कारखाना, गाडी, कार्यालय, विद्यालय, कलेज अनि पदयात्रा लगायत विभिन्न ठाँउहरुमा प्राथमिक उपचारका किटहरु महत्वका साथ राखिने गरिन्छ । उपचारका लागि आवश्यक मल्हम, पट्टी, ह्यान्डीप्लास्ट, आधारभूत ओखतिहरु, जीवनजल, सामान्य कैंची, ब्लेड, थर्मामिटर अनि एन्टीसेप्टीक धुलोहरु यस किटमा राखिन्छ ।
दूर्घटनाहरु जहाँ, जहिले पनि हुनसक्ने हुदाँ प्राथमिक उपचारले घटनामा ज्यान जान सक्ने नकारात्मक सम्भावनालाई शुन्य बनाउन मद्दत गर्छ । अहिलेको समयमा प्राथमिक उपचारको सीप धेरै जनाले विद्यालय स्तरमै सिकेर आएको हुन्छ । प्राथमिक उपचारले हामीलाई दूर्घटनामा परेका व्यक्तिको मात्र नभई आफन्तजनहरुको पनि जीवन जोगाउन सक्षम बनाउँदछ ।
नेपाल जस्तो विकासोन्मुख र स्वस्थ उपचार समान, सरल र सहज नभएको देशमा प्राथमिक उपचारको महत्व अझै धेरै हुन जान्छ । प्राथमिक उपचारको ज्ञान भएको मानिसको सख्यां बढ्नाले हाम्रो समुदाय अझ सुरक्षित र स्वस्थ हुन सक्छ ।
तालिमप्राप्त जनस्वास्थ सेवक अनि जागरुक जनस्वास्थ प्रशासकहरुको कदमको कमि लगायत अन्य थुप्रै संरचनागत समस्याले नेपाली गाँउहरु अझै पनि स्वास्थोपचारको मूलधारमा छैनन ।
हालसम्म मुलुकभर एक हजार दुई जना प्रशिक्षक र ३० हजार जना प्राथमिक उपचार स्वयंसेवकहरू विकास गरी सेवा प्रदान गरिएकोे नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । नेपाल रेडक्रसको प्राथमिक उपचार पाठ्यक्रमलाई नेपाल सरकारबाट मान्यता प्राप्त छ । नेपाल रेडक्रसले आफ्नो स्थापनादेखि नै प्राथमिक उपचार सेवालाई प्राथमिकतामा राखेर कार्य अघि बढाइरहेको छ ।
विभिन्न अध्यनहरुले नेपालमा सन् २०३० सम्म हृदयघात दर अहिलेको ९ प्रतिशतबाट बढेर करिब ३४ प्रतिशतमा पुग्ने तथ्याङ्क देखाएको छ । हरेक बर्ष करिब १० दशमलव २२ प्रतिशतले बढिरहेको नेपाली बाटोहरूमा हुने सवारी दूर्घटनाहरुमा बर्षेनी ५ दशमलव ४० प्रतिशत मृतकको संख्यामा वृद्धि भइरहेको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #आज प्राथमिक उपचार दिवस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्