राष्ट्रपति विरुद्ध भातृ यूवा संगठनहरूद्वारा प्रदर्शन
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारूढ दलनिकट तरुण दल भातृ यूवा संगठनहरूले प्रदर्शन गरेका छन् । बिहीबार बिहान नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुलगायतले संयुक्त रूपमा माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले नागरिकताविहीन भएकाहरूलाई नागरिकता प्रमाण पत्र दिन सरकारले विधेयक ल्याए पनि राष्ट्रपतिबाट रोक्ने काम हुँदा नागरिकताविहीन हुनेहरूका समस्या दिनप्रतिदिन झन् बढ्दै गइरहेको बताएका छन् । संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक गत मंगरबार राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् ।
राष्ट्रपतिले संविधानको व्यवस्थाअनुसार नागरिकता विधेयक पारित गर्नुपर्ने भए पनि गैरसंवैधानिक कदम चालेको भन्दै विरोध भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नागरिकता विधेयक, #राष्ट्रपति विरुद्ध विद्यार्थी संगठनहरूको प्रदर्शन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्